ताजा अपडेट

सीमावर्ती बस्ती लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

म्याग्दी १२ मंसीर । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका... पुरा पढ्नुहोस

नेकपा (एस) मुस्ताङको संयोजकमा रसाईली

जोमसोम  १२ मंसिर । हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरेको छ ।सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङ बाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविर : मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री बेनी १२ मङ्सिर । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरि पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट... पुरा पढ्नुहोस

माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चमा रोका

काठमाडौ, १२ मंसिर । नेकपा माओवादी केन्द्र निकट काठमाडौमा बस्दै आएकाहरु आवद्ध म्याग्दी काठमाडौ सम्पर्क मञ्चको शनिबार पहिलो अधिबेशन भएको छ ।अधिबेशनले याममति रोकाको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा अमर खत्री, बिल पुर्जा, दिल बुढाथोकी, सचिबमा मनप्रसाद कडेल, सहसचिबमा ओमकार खत्री र कोषाध्यक्षमा सुवास खड्का रहनुभएको... पुरा पढ्नुहोस

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन, युवाहरुको बर्चश्व

बेनी, १२ मंसिर । नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशन अन्तर्गत एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिका सहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका गरि पाँच वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।... पुरा पढ्नुहोस

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

  बेनी, १२ मंसिर । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान... पुरा पढ्नुहोस

नेपाल तरुण दल भगवतीको अध्यक्षमा अर्जुन भण्डारी

म्याग्दी, ११ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । शनिबार भगवती कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षतामा ८१ सदस्यीय तरुण दल वडा इकाइ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा मोहन केसी, गोकणर् थापा, सञ्जन जिसी,... पुरा पढ्नुहोस

जलजलामा दिपक आचार्यको नेतृत्वमा माओवादी केन्द्र 

  पर्वत, ११ मंसिर । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ । मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी, गौबहादुर पुन र सीता मल्ल चयन हुनुभएको छ । सचीबमा सोम जिसि, सह सचिब रबिन... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

म्याग्दी ११ मंसिर ।  नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण... पुरा पढ्नुहोस

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

म्याग्दी ११ मंसिर । नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ । सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र... पुरा पढ्नुहोस