नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु

  • ३ पुष २०७८, शनिबार
  • 1779 पटक पढिएको

म्याग्दी ३ पुस । नेकपा एमाले निकट शिक्षकहरूकाे संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो ।

अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रल, नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य एवं प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य नरदेवि पुन, प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतका नेताहरुले सम्वोधन गर्नुभएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भए जस्तै राजनितिमा पनि शिक्षककै भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिएका छन । उनिहरुले शिक्षक संगठनको बलियो साथ रहने बेला सम्म म्याग्दीमा एमालेको विरासत कायमै रहने दावी गरेका छन ।

कार्यक्रम सुरु हुनुपूर्व शिक्षक संगठनको जिल्ला कमिटि, तथा नगर र पालिका कमिटिका प्रतिनिधिहरुले शिक्षकको हक तथा अधिकार समेटिएका प्लेकार्ड सहित बेनी बजार परिक्रमा गरेका थिए । अधिवेशनबाट संगठनको नयाँ नेतृत्व पनि आजै चयन गरिने बताइएको छ ।