ताजा अपडेट

पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब

  https://www.youtube.com/watch?v=XdJblhrLZak बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङ १६ मङ्सिर । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’

कमल खत्री बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा... पुरा पढ्नुहोस

घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

चितवन, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग... पुरा पढ्नुहोस

कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा

म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा... पुरा पढ्नुहोस

खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु

बागलुङ १५ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७... पुरा पढ्नुहोस

आजदेखि राप्रपा महाधिवेशनः थापा र लिङ्देन भिड्दै

काठमाडौं १५ मंसीर। राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा० को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय... पुरा पढ्नुहोस

बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन छलफल

  म्याग्दी, १४ मंसिर। म्याग्दीको सदरमुकाम बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुविच छलफल भएको भएको छ। बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो... पुरा पढ्नुहोस

विद्यार्थीलाई न्यानो कपडा वितरण

म्याग्दी, १४ मंसिर । न्युन आयस्रोत भएका परिवारका अध्ययनरत विद्यार्थीहरु र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । शितको थोपा अभियान संस्थाले बेनी नगरपालिका- ९ स्थित रहेको गलेश्वर माविको प्राङ्गणमा कार्यक्रम गरेर विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो । संस्थाले गलेश्वर माविकाका दसजना भूमे... पुरा पढ्नुहोस

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

  चितवन १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम... पुरा पढ्नुहोस