सडक आयोजनाका ठेकदारले पारिश्रमीक नदिएपछि कामदारको हारगुहार

  • ३ पुष २०७८, शनिबार
  • धिरन खत्री
  • 818 पटक पढिएको

म्याग्दी, ३ पुष । कालीगण्डकी कोरीडोरको बेनी जोमसोम आयोजना अन्तरगत म्याग्दीको नारच्याङ चोकदेखि मुस्ताङको घासाँस्थित कैकु खोलासम्मको सडक निमार्णको जिम्मा लिएको निर्माण कम्पनीले पारिश्रमिक नदिएपछि कामदारले हारगुहार गर्न थालेका छ । १७ किलामिटर कालोपत्रेसहित स्तरोन्नतीको जिम्मा लिएको शर्मा गजुरमुुखी जेभिले विगत १३ महिनादेखि नियममित रुपमा गर्ने कामदारलाई पारिश्रमिक नदिएको कामदार हितबहादुर बुढाथोकीले बताउनुभयो ।


उहाँका अनुसार,– ‘नियमित रुपमा उक्त खण्डको सडकमा काम गर्दै आएका ५ जनाले विगत १३ महिनादेखि तलव पाउन सकेका छैनौ ।’ सो सडक खण्डमा नियमित रुपमा काम गर्ने बुढासहित खड्कबहादुर बुढाथोकी, नरबहादुर खत्री, शकबहादुर तिलिजा, र तप्त खत्री रहेका छन् । सडकमा नियमित रुपमा गरिरहेका तप्त खत्रीले ६ महिनाको र अन्य ५ जनाले विगत १ बर्षदेखिको तलव पाएका छ्र्रैनौ, तलवको माग गर्दा कम्पनीले आफ्नै गुनासो चुनाउछन्, कम्पनीले मासिक रुपमा १६ हजार रुपैयाको दरले उपलब्ध गराउने रकम समयमा पाउन नसक्दा घरायसी खर्च चलाउन मुस्किल भएको उनीहरुको गुनासो मिडिया माझँ राख्नुभएको थियो ।

‘निर्माण कम्पनी शर्मा गजरमुखीले विगत १३ महिनादेखि तलव नदिएपनि निर्माण कम्पनीले दिएको जिम्मेवारी अनुसार दैनिक रुपमा सडक मर्मत लगायतको काम गरिरहेका छौ, तलव नपाउदाँ घरखर्च चलाउन मुस्किल भएको छ, तलव उपलब्ध गराउनका लागि निर्माण कम्पनीलाई अनुरोध गरेपनि यति समयमा दिन्छौ भन्ने आश्वासन आएको छैन,’ हितबहादुर बुढाथोकीदले भन्नुभयो । त्यस्तै दशै र त्यसभन्दा अघि थोरै रकम निर्माण कम्पनीले उपलब्ध गराएपनि लामो समयदेखिको पुरै तलव हामीले नपाएको खत्रीले बताउनुभयो । विगत १२ बर्षदेखि सडकमा काम गर्दै आएका नरबहादुर खत्रीले एकबर्षदेखि तलव नपाएको गुनासो सुनाउनुभयो । बर्षात, हिलो, धुलो र पहिरो नभनि नियमित रुपमा यात्रुको सहजका लागि निर्माण कम्पनीले दिएको जिम्मेवारी अनुसार काम सडकमा गरिरहेका छौ, श्रमको सम्मानसहित तलव समयमा उपलब्ध गराए दैनिकी चलाउन सहज हुने खत्रीले भन्नुभयो । सडकमा काम गर्ने रुकुम बरुवालको अकस्मात निधन भएपनि उहाँले पाउने रकम निर्माण कम्पनीले उपलब्ध नगराउदाँ परिवारमा घरखर्च चलाउन आर्थिक समस्या परेको छ ।

शर्मा गजुरमुखीका साइड प्रमुख नरेन्द्र न्यौपानेले तलव भुक्तानीमा ढिला भएको छ, दँशै तिहारको समयको कारणले सडक आयोजनाबाट भुक्तानी गर्नुपर्ने रकममा ढिलाई भएको कारणले उहाँहरुको तलव भुक्तानीमा ढिला भएको हो जानकारी गराउदै आयोजनाबाट पेश भएको विलको भुक्तानी हुनासाथ उनीहरुलाई तलव उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l