म्याग्दी महोत्सवः पुरुष भलिबलको सेमिफाईनल बुधबार हुने

  • ३ माघ २०७९, मंगलवार
  • 485 पटक पढिएको

 

म्याग्दी, ३ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका रातो, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् ।

माघ ४ गते बुधबार दुई सेमिफाईनल हुनेछन् । विहान ९ बजे हुने पहिलो सेमिफाईनलमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका खेल्नेछन् । दोस्रो सेमिफाईनलमा धवलागिरी गाउँपालिका र अन्नपूर्ण गाउँपालिका विच खेल प्रतिस्पर्धा हुने भलिवल संघ म्याग्दीले जनाएको छ।

पालिकास्तरीय भलिवलमा आठ टिमको सहभागिता रहेको थियो । बेनी नगरपालिका रातोले मालिका गाउँपालिकालाई, धवलागिरी गाउँपालिकाले बेनी नगरपालिकालाई, रघुगंगा गाउँपालिकाले मंगला गाउँपालिकालाई र अन्नपूर्ण गाउँपालिकाले जलजला गाउँपालिकालाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् ।

महोत्सवमा पालिका स्तरीय भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।