नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, प्रचण्ड नेतृत्वकाे क्याविनेट यस्ताे बन्याे

  • ३ माघ २०७९, मंगलवार
  • 323 पटक पढिएको

माघ ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनुभएकाे हाे । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गर्नुभएकाे छ ।


उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराउनुभएकाे हाे भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराउनुभएकाे हाे । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३/३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पाएका छन् । मंगलबार राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिनुभएकेा छ ।

त्यस्तै एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिनुभएकेा छ ।

त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिनुभएकेा छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षामन्त्री, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा। तोसिमा कार्कीले स्वास्थ्य रक्षामन्त्रीका रूपमा शपथ लिनुभएकेा छ ।