ताजा अपडेट
सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो
- 2 बर्ष, 3 महिना अगाडि
- २३ कार्तिक २०७९, बुधबार
डाेटी २२ कात्तिक । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२... पुरा पढ्नुहोस
पत्रकार बूढामगरलाई ज्यानमार्ने धम्की
- 2 बर्ष, 3 महिना अगाडि
- २३ कार्तिक २०७९, बुधबार
धु्रवसागर शर्मा म्याग्दी २३ कार्तिक । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोज सहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताए । गत शुक्रवार राती म्यासेन्जरमा अश्लिल... पुरा पढ्नुहोस
एमालेको बेनी र धवलागिरिमा चुनावी सभा
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा आज (मङ्गलवार) नेकपा एमालेले बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा आयोजना गरेको हो । सभालाई... पुरा पढ्नुहोस
जनप्रिय माविको नवनिर्मित भवन उदघाटन
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
दरबाङ २२ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उदघाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उदघाटन गरिएको हो ।नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उदघाटन गर्नुभयो । भवन उदघाटन गर्दै उहाँले भवन... पुरा पढ्नुहोस
निर्वाचनका लागि म्याग्दीमा झण्डै ११ सय कर्मचारी परिचालन
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी, २२ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट ११ सय जना कर्मचारी परिचालन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको सूचीअनुसार सो संख्यामा कर्मचारी परिचालन गरेको हो । जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि... पुरा पढ्नुहोस
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’: बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र... पुरा पढ्नुहोस
बागलुङको निसेलढोरमा उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
बागलुङ २२ कात्तिक । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले... पुरा पढ्नुहोस
अर्मन र रत्नेचौरमा एमालेको चुनाबी सभा
- 2 बर्ष, 3 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी २१ कात्तिक । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । सोमवार म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार... पुरा पढ्नुहोस
गठबन्धनका उम्मेदवारको मराङ, मल्कवाङ विम र दरवाङमा चुनावी सभा
- 2 बर्ष, 3 महिना अगाडि
- २१ कार्तिक २०७९, सोमबार
म्याग्दी, २१ कात्तिक । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव... पुरा पढ्नुहोस
निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा
- 2 बर्ष, 3 महिना अगाडि
- २१ कार्तिक २०७९, सोमबार
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित... पुरा पढ्नुहोस