राजनीतिक पूर्वाग्रह राखेर नक्कली भुटानी शरणार्थी प्रकरणमा जोेड्ने दुस्प्रयास भयोः प्रदेशसभा सदस्य जुग्जाली

  • २३ बैशाख २०८०, शनिबार
  • 387 पटक पढिएको

 

म्याग्दी, २३ बैशाख । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र केही अनलाईनमा आएपछि शनिबार बेनीमा पत्रकार सम्मेलन गर्दै जुग्जालीले आधिकारिक पुष्ट्याई हुने प्रमाण र तथ्य विना नाम र तस्विर प्रयोग गरि अनलाइन तथा सामाजिक सञ्जाल मार्फत शियर गरेर चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति आफुनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रह मार्फत ’नक्कली शरणार्थी’ प्रकरणमा आफुलाई जोडेर प्रकाशित समाचारको खण्डन गर्दै यो विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै आरोप पुष्टि गर्न चुनौती दिनु भएको छ ।


भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेसित काल्पनिक समाचारलाई पुष्टी गर्न जुग्जालीले चुनौती दिनुभएको छ।” राजनीतिक प्रतिशोध राखेर सत्थ र तथ्यहिन समाचार समाजिक संजालमा शियर नगर्न ध्यानाकर्षण गराउनुभएको छ । तथ्यहिन समाचार प्रकाशन गर्ने अनलाईन र सामाजिक संजालमा शियर गर्नेलाई कानुनी कारबाहीका लागि आबश्यक प्रकृया अघि बढाएको उहाँले बताउनुभयो ।”

“म बाट कुनै ब्यक्ति ठगिनुभएको छ भने प्रमाणसहित कानुनी उपचारमा अघि बढ्नुस ,राजनीतिक पूर्वाग्राही र तथ्य हिन समाचारलाई शियर गरेर चरित्र हत्या नगर्न ध्यानाकर्षण गराउँछु, अनलाइनहरु विरुद्ध प्रेस काउन्सील र सामाजिक सञ्जालमा भ्रमपूर्ण सामाग्री शेयर गर्ने विरुद्ध साइबर अपराध अन्तरगत निवेदन दिएको छु’’–उहाँले भन्नुभयो ।

जुग्जालीको चरित्र गर्ने उद्देश्यले डिसी नेपाल अनलाईन र दैनिक नेपाल सामाजिक सञ्चाल मार्फत भ्रमपूर्ण समाचार आएपछि विपक्षी पाटीले शियर गरेर चरित्र गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले आफु प्रति जुन विश्वास र आशा राखेर यहाँसम्म पु¥याउनुहुने जिल्लाबासीलाई भ्रमपूर्ण समाचार पछि नलाग्न आग्रह गर्दै गलत वा सही हो भन्ने विषयमा सघाउन र खोजीनीति गर्न सुझाव दिनुभयो । जिल्लाको योजनाबद्ध रुपमा विकासलाई अघि बढाउने प्रक्रिया बढेको कारण खुट्टा तान्न भ्रमपूर्ण समाचारतर्फ लागेको उल्लेख गर्नुभयो । यसबाट विचलित नभई जिल्लाको विकासलाई अघि बढाउन संघ र प्रदेशमा जनताको चाहना अनुसार भूमिका प्रस्तुत गर्ने प्रतिवद्धता पत्रकार सम्मेलनमा राख्नुभयो ।