ताजा अपडेट

मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् । भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको... पुरा पढ्नुहोस

मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिम चरणमा

बेनी, २५ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको बेनीमा हुने पाँचौ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा आजा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो । असोज २६ गते (शुक्रबार) बेनीको... पुरा पढ्नुहोस

मुस्ताङमा लेक लागेर चार दिनमा तीन जना पर्यटकको मृत्यु

मुस्ताङ २४ असोज । मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो । मंगलबार श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उनलाई घासामा... पुरा पढ्नुहोस

मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश 

बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २... पुरा पढ्नुहोस

बेनी बजारको सडक फराकिलो बन्दै

म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार... पुरा पढ्नुहोस

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा... पुरा पढ्नुहोस

कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) को तयारी

ठिनी, २४ असोज । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ हसरकाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा लामा नाच (धेक्याप)को तयारी भएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । ठिनी गाउँको कुछप तेरङ्गा गुुम्बामा यसपाली असोज २६ गते लामा नाच हुुदैछ । नाचको तयारीका लागि तीन दिन अघि मंगलबारदेखि... पुरा पढ्नुहोस

म्याग्दी नदिमा बनेको झोलुङ्गे पुलको उद्घाटन

बेनी २३ असोज । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण... पुरा पढ्नुहोस

खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

बेनी, २३ असोज । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले रु. ३० हजार र ब्याडमिन्टन संघले रु.... पुरा पढ्नुहोस

चाडपर्वलाई लक्षित गरेर बनाईएका झिलिङ्गा

  म्याग्दी, २३ असोज । बेनी नगरपालिका– ७, विरेन्द्रचोकमा दशै पर्वलाई लक्षित गरेर बनाईएर सुकाईएका झिलिङ्गा । पछिल्लो समय महिलाहरुले झिलिङ्गा उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । दशैँ तिहारको समयमा बढी बिक्री हुने झिलिङ्गा बनाउन बेनी बस्दै आएका सिरु पुन र जुना रोका झिलिङ्गा उत्पादन ब्यस्त छन् । बजारमा... पुरा पढ्नुहोस