ताजा अपडेट
मोना पोर्तुगलमा नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- १५ आश्विन २०८०, सोमबार
म्याग्दी, १५ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी चयन हुनुभएको छ । मोना पोर्तुगलको आइतवार सम्पन्न आठौ अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन किमचौरका फगामीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, होम बहादुर... पुरा पढ्नुहोस
‘बुकी’बाट बेँसी झर्न थाले गोठाला
- wp_days_ago_v3(); ?>
- १५ आश्विन २०८०, सोमबार
म्याग्दी १५ असोज । । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ... पुरा पढ्नुहोस
मंगला र महेन्द्ररत्नमा अखिल क्रान्तिकारीको इकाई समिति
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०८०, आईतवार
बेनी, १४ असोज । म्याग्दीको मंगला गाउँपालिकाको मंगला र महेन्द्ररत्न माविमा आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको इकाई समिति गठन भएको छ । महेन्द्ररत्न माविमा तारा रोकाको अध्यक्षतामा १८ र मंगला माविमा अर्जुन विकको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको हो । अनेरास्ववीयु क्रान्तिकारीका गण्डकी... पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई ३२ लाख सहयोग
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०८०, आईतवार
बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार... पुरा पढ्नुहोस
मोना कोरियाको नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०८०, आईतवार
म्याग्दी, १४ असोज । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना ) दक्षिण कोरिया को नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न चौधौ अधिबेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष गौचन र... पुरा पढ्नुहोस
बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको जीप पर्वतको तमादी खोलाले बगाउँदा तीनजना बेपत्ता
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०८०, शनिबार
पर्वत १३ असोज । बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप पर्वतको तमादी खोलाले बगाउँदा जीप सहित जीपमा सवार तीन जना यात्रु बेपत्ता भएका छन् । पर्वतको वडा न ७ र ८का सिमामा रहेको तमादी खोलामा शनिबार साँझ आएको बाढीले बगाउँदा जीप सहित तीन जना यात्रु... पुरा पढ्नुहोस
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की बिजयी
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०८०, शनिबार
म्याग्दी, १३ असोज । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् । म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र... पुरा पढ्नुहोस
हिरासत कक्षमा पुस्तकालय स्थापना
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०८०, शनिबार
बेनी, १३ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’... पुरा पढ्नुहोस
पश्चिम नेपाल सहकारीको १६ औँ साधारणः सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०८०, शनिबार
बेनी, १३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभालाई शनिवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले आफ्नो लगानी रहेको संस्थाको वित्तिय अवस्थाको बारेमा... पुरा पढ्नुहोस
व्याजदर घटाउन उद्योगी, व्यवसायीको माग
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०८०, शनिबार
म्याग्दी, १३ असोज । म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन... पुरा पढ्नुहोस