बेनीको वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन

  • २७ आश्विन २०८०, शनिबार
  • 207 पटक पढिएको

बेनी, २७ असोज । म्याग्दीको बेनी स्थित न्य वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन भएको छ । असोज २१ गतेदेखि संचालन भएको खेलकुद सप्ताहको आज शनिबार एक भब्य कार्यक्रमका विच समापन भएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटनगर्दै प्रमुख अतिथि केसीले वेष्ट पोइन्ट विद्यालय जिल्लाको शैक्षिक र खेलकुदको क्षेत्रमा अब्बल विद्यालय भएको बताउनुभयो ।


कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष बिष्णु रोका मगर, म्याग्दी जेसिजका अध्यक्ष सुमन बानिया, खेल शिक्षक दीपेन राइले मन्तब्य राख्नुभएको थियो । विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १० का शिल्पीका घर्ति क्षेत्री र कक्षा १२ सेक्सन बि का बर्खा थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभाक संघका सदस्य एवं विद्यालयका पुर्व विद्यार्थी बिक्रम सुबेदीले विद्यालयलाई खेल सामाग्री २ थान फुटबल, २ थान भलिबल र १ थान बास्केटबल हस्तान्तरण गर्नुभएको छ । समापन समारोहको कार्यक्रममा विद्यार्थीहरुले सदनात्मक रुपमा मार्च पास, कवाज, परेड र कार्यक्रमको बिचबिचमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
समापन समारोह वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षता विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा भएको थियो ।