ताजा अपडेट
जिन्दगीको साथी मार्फत अभिनयमा रमेश
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, ०१असार । मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोका “जिन्दगीको साथी” बोलको लोकदोहोरी गीत मार्फत अभिनयमा प्रवेश गरेका छन् । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन. । मुस्ताङमा छायाङकन गरिएको उक्त म्युजिक भिडियाको सम्पूर्ण छायाङ्कन हालै सकिएको... पुरा पढ्नुहोस
Breaking News: प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । र, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन... पुरा पढ्नुहोस
दग्नाम भुमेपुजा मेलाको आयव्यय सार्वजनिक
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, १ असार । रघुगंगा गाउँपालिका–४ मा रहेको एकता युवा क्लब दग्नामले भुमे पुजा मेला २०७४ को आयव्यय सार्वजनिक गरेको छ । यहि जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको मेलामा खेलकुद प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । मेलाअवधीभर ६ लाख ९ हजार ९५ रुपैयाँ आम्दानी र... पुरा पढ्नुहोस
बेनीका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बेनी, ३१ जेठ । बेनी नगरपालीका क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई बुधबार सहयोगी सामाग्री वितरण गरिएको छ ।बेनी नगरपालीका कार्यालयको सहयोग र अपाङ्ग संघ म्याग्दीको समन्वयमा नगर अपाङ्ग समन्वय समितिले ४० जनालाई ७५ हजार रुपैया बराबरको सहयोगी सामाग्री वितरण गरिएको हो । अपाङ्ग संघ म्याग्दीको आयोजनामा सञ्चालीत अपाङ्गता भएका बालबालीकाको खेलकुद... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा बेपत्ता भएका पुनको नौ दिनपछि शव फेला
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बागलुङ, -कुश्मा—बागलुङको सिमाना मालढुंगा कालिगण्डकीमा गत जेठ २३ गतेदेखि बेपत्ता भएका सुनिल पुनको शव बुधबार कालीगण्डकी किनारमा फेला परेको छ । प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फालेका पुनको शव मालढुंगा पुल फेला परेकाे हाे । दिउँसाे नदीले बगाउँदै गरेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी... पुरा पढ्नुहोस
बाली बिमा सम्बन्धि अन्तरक्रिया सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बेनी, ३१ जेठ । बेनीमा बुधबार बाली बिमा सम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा कृषक, कृषि प्राबिधिक र बिमा कम्पनीका प्रतिनिधिको उपस्थिती रहेको थियो । बाली बिमा सम्बन्धि निती गत व्यवस्था, यसको फाईदा, बिमा दावी रकम भुक्तानी प्रक्रिया, समस्या र समाधानका लागि... पुरा पढ्नुहोस
नागरीक दायीत्वप्रती जिम्मेवार बन्नुपर्नेमा जोड
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
बेनी ३१ जेठ । बेनीमा बुधबारदेखि “आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका” विषयक बिचार गोष्ठि सुरु भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था फ्रेडरिक एवर्ट स्टिफटुङ्ग (एफ.ई.एस.) ललितपुरको आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा एक सय जना भन्दा बढीको सहभागीता रहेको छ । नागरीक शिक्षाको माध्यमबाट राज्यको काम कारबाहीलाई सहज र संबिधान... पुरा पढ्नुहोस
पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै निश्चल काठमान्डौमा
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
म्याग्दी, ३० जेठ । न्यु वेष्ट पोइन्ट कक्षा १० मा अध्ययन गर्ने म्याग्दीका निश्चल जुग्जाली राष्ट्रिय प्रतियोगिताका लागि काठमान्डौ पुगेका छन् । २०७४ बैसाख १९ गते जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा स्वतन्त्र विधा अन्तर्गत म्याग्दीबाट क्षेत्रीय प्रतियोगिता र क्षेत्रीय प्रतियोगिताबाट समेत उत्कृष्ट प्रर्दशन गर्दै... पुरा पढ्नुहोस
झिँका महिलालाई अभिमुखीकरण
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
म्याग्दी, ३० जेठ । रघुगंगा गाउँपालीका ५ झिँमा मंगलबार महिलाहरुका लागि क्षमत्ता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा साहरा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा ३९ जना एकल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, प्रहरी निरिक्षक सन्तोष रानाले एकल महिलाको परिचय,... पुरा पढ्नुहोस
बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०७४, बुधबार
म्याग्दी सदरमुकाम बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण सुरु भएको छ । संयुक्त जिल्ला दलित संघर्ष समितिको आयोजना र जिल्ला समन्वय समितिको सहयोगमा सो कार्यक्रम गरिएको हो । संयुक्त दलित राजनितीक संघर्ष समितिका संयोजक अध्यक्ष छबि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरेका थिए... पुरा पढ्नुहोस