ताजा अपडेट

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस

म्याग्दीमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन

म्याग्दी ६ साउन । पहाडी जिल्ला म्याग्दीमा एक बर्षमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ५ हजार ५ सय ९२ मेट्रिक टन अर्थात ४४ करोड ७३ लाख ६० हजार मुल्य बराबरको दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।  ... पुरा पढ्नुहोस

‘जनहितमा श्रोतकेन्द्र स्तरिय पढाई उत्सव’

 मुस्ताङ,६,श्रावण । ‘रमाईलो पढाई,दिगो सिकाई’उद्घोष सहित बिद्यालयका स—साना वालवालिकाहरुको पढाई शिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय जोमसोमले शुक्रवार जोमसोममा श्रोतकेन्द्र स्तरिय प्रारम्भिक कक्षा पढाई उत्सव भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले राष्ट्रिय पढाई उत्सव कार्यक्रम सन् २०१५ देखि देशका १६ जिल्लामा सुरु गरिएको हो।गत वर्ष देखि... पुरा पढ्नुहोस

विशालको उपचारका लागि अमेरिकाबाट सहयोग

म्याग्दी,६ साउन । विशाल बुद्धुजाको उपचारका लागि अमेरिकामा रहेको म्याग्देलीबाट ९३ हजार ओमकुमारी शान्ति कोषलाई सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेकी दिपा पुनको नेतृत्वमा संकलन भएको सो रकम समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ न्यारच्याङ्गका बिशाल बुद्धुजाको मुखकोे हड्डी... पुरा पढ्नुहोस

ने.बि.संघ म्याग्दीले यसरी सम्झीयो विपिलार्ई

म्याग्दी, ६ साउन । नेपाल विद्यार्थी संघ म्याग्दीले जननायक बिपि कोईरालाको ३५ औं स्मृती दिवसको अबसरमा बेनी नगरपालिका ९ मा पर्ने धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाम मन्दिर परिसरमा सरसफाई गरि मनाएको छ । सोमबार पुजा गर्न आउने भक्तजनले फालेको फोहोर र अब आउने सोमबारलाई लक्षित गरि सरसफाई गरीएको हो ।... पुरा पढ्नुहोस

लोकदोहोरी अवार्डको प्रतिस्पर्धामा म्याग्दीकी कार्की, एसएमएस मार्फत भोट गर्न आह्वान

म्याग्दी, ६ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लाकदोहोरी अवार्ड– २०७४ को सर्वोकृष्ट पाँच भित्र म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की छनौटमा परेकी छिन् । पाँच प्रतिस्पर्धी मध्ये भोटिङको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरिनेछ् । स्थानीय स्तर हुँदै राष्ट्रिय स्तरसम्म नै लोकदोहोरीको क्षेत्रमा चर्चा बटुल्न सफल म्याग्देलि कलाकार कार्कीलाई बिजेता... पुरा पढ्नुहोस

बागलुङ कालिका मन्दिरको भेटी एक करोड

बागलुङ, ६ साउन । बागलुङको कालिका भगवती मन्दिरको आम्दानी एक वर्षमा १ करोड १५ लाख ३९ हजार ८ सय रुपैयाँ भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त रकम आर्थिक वर्ष २०७२र७३ को भन्दा २५ लाख ३४ हजारले बढी हो । समिति अध्यक्ष राजु खड्काका अनुसार उक्त आर्थिक वर्षमा ९०... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)

म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ ।  मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न... पुरा पढ्नुहोस

छेपारेका बासिन्दालाई सिपमुलक तालीम

बेनी ५ साउन । बेनी नगरपालीका ३ छेपारेका बासिन्दालाई सिपमुलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत २२ जनालाई तालीम प्रदान गरिएको हो । छेपारेमा गठित नमुना लघुउद्यमी समूहका १२ जनालाइ ढाका बुनाई, ८... पुरा पढ्नुहोस

अपडेटः बेगखोलामा डाईभर्सन निर्माण भएपछि बेनी जोमसोम सडकमा सिधा सवारी सुचारु

म्याग्दी ५ साउन ।म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अबरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ । बुधवार राती आएको बाढीले बेगखोलामा बनाईएको अस्थायी पुल भत्काएपछि बेनी –जोमसोक सडकमा सिधा सवारी अबरुद्ध बनेको थियो । बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि... पुरा पढ्नुहोस