ताजा अपडेट

समृद्ध धौलागिरि गाउँपालिकाका लागि गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रम र बजेट यस्तो छ ( पूर्ण पाठ सहित)

धवलागिरी गाँउकार्यपालिका बाट गाँउसभामा गाउँसभाका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत  नीति तथा कार्यक्रम  र बजेट  आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान... पुरा पढ्नुहोस

लायन्स क्लबहरुद्धारा सिकागो सम्मेलनमा सहभागि भएकाहरुलाई स्वागत

म्याग्दी, ८ साउन । लायन्स क्लब अफ इन्टरनेश्नल स्थापना भएको एक सय बर्ष पुगेको अबसरमा अमेरिकाको सिकागोमा हालै भएको अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि भएर फर्किएका म्याग्दीका प्रतिनिधिहरुलाई स्वागत तथा भेटघाट गरिएको छ । सम्मेलनमा लायन्स क्लब अफ बेनी म्याग्दी र लायन्स क्लब अफ दोभानबाट ७ जनाले सहभागिता जनाएका थिए । बेनीमा... पुरा पढ्नुहोस

सुनिल बानियाँले अभिनय गरेको आईफोन सेवेन बजारमा (भिडियो सहित)

म्याग्दी, ८ साउन । म्याग्दीका मोडल सुनिल बानियाँले अभिनय गरेको तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विन्ध्यबासिनी म्युजिक प्रालिबाट राजेश बर्देवाले बजारमा ल्याउनुभएको ‘आईफोन सेवन’ एल्बममा राजेश बर्देवा र रितु ब्रोकनको स्वर रहेको छ । https://youtu.be/yGVbxd0dsUU कृष्ण कँडेल मित्रको शब्द तथा लयमा तयार गरिएको सो गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

‘काठमाण्डौमा भेटिईन शान्ति , दर्जी परिवारमा फर्कियो खुसी ’

म्याग्दी, ८ साउन । धाईरिङका सन्ते दर्जी मख्ख परेका छन् । दश दिनदेखि काठमाण्डौमा वेपत्ता भएकी आफ्नी श्रीमती फेला परेपछि सन्तेसंगै उनको घरपरिवारमा खुसी फर्किएको छ । सन्ते दर्जी विरामी भएर पोखरामा उपचार गराईरहेको अबस्थामा उनलाई भेट्न उनकी श्रीमती २३ बर्षिया शान्ति बेनीबाट बसमा सवार भएर पोखरातर्फ लागेकी थिईन् ।... पुरा पढ्नुहोस

गलेश्वरमा निशूल्क स्वास्थ्य शिवीर

म्याग्दी,७ साउन । नेपाल आर्युवेद स्वास्थ्यकर्मी समाज अञ्चल कमिटिको प्राबिधिक सहयोग र संगिता आर्युवेद फर्मा पिपलचोक बेनीको आयोजनामा शनिबार बेनी नगरपालीका ९ गलेश्वरमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गलेश्वर अन्नक्षेत्रमा आयोजित शिवीरमा १०५ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा दिइएको थियो । अन्नक्षेत्रका अध्यक्ष भिमनाथ... पुरा पढ्नुहोस

विद्युत मर्मतमा ढिलाई हुँदा औला गाउँ अन्धकारमा

  म्याग्दी, ७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान औलामा विद्युतको वितरण लाईन मर्मतमा ढिलाई हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । साउन १ गते औला गाउँको शिरानमा रहेको डोठे भन्ने ठाउँमा खसेको पहिरोले विद्युतको एउटा पोल ढलाउनुका साथै तार चुदालेपछि विद्युत आपूर्ती बन्द भएको हो ।... पुरा पढ्नुहोस

एनआरएनए बहराईनको अध्यक्षमा म्याग्दीका पुन निर्विरोध निर्वाचित

मनमा बहराईन ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराईनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्वाचित हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल बहराईनमा रहनुभएका एनआरएनए बहराईनका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहनुभएका पुन छैटौँ अधिवेसनबाट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । म्याग्दी उद्धार समिति बहराईनको पूर्व अध्यक्ष... पुरा पढ्नुहोस

पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड म्याग्देली गायिका कार्कीलाई प्रदान

म्याग्दी, ७ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड– २०७४ बाट म्याग्देली गायिका सोभा कार्की सम्मानित भएकी छिन् । लोकदोहोरी गायनतर्फ सर्वोकृष्ट पाँच भित्र पर्न सफल म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की भोटिङ मार्फत सो अवार्ड हात पार्न सफल भएकी हुन् । उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका उत्कृष्ट प्रतियोगी मध्ये... पुरा पढ्नुहोस

राप्रपा जिल्ला सदस्य छन्त्याल काँग्रेसमा प्रवेश

म्याग्दी, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका जिल्ला सदस्य एवँ धौलागिरी गाउँपालिकास्थित मल्कबाङका अगुवा व्यक्तित्व दलमान छन्त्याल काँग्रेस प्रवेश गरेका छन् । दलमानको प्रवेशसँगै मल्कबाङमा काँग्रेस अझ सशक्त बनेको छ । काँग्रेसको नेतृत्वमा मात्रै गाउँको विकास संभब रहेको भन्दै छन्त्यालले काँग्रेसको सदस्यता लिएका हुन् । उनलाई नेपाली काँग्रेस मल्कबाङका... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा डम्मरामा वृक्षारोपण

म्याग्दी, ७ साउन । बेनी–दरवाङ सडकको डम्मरा खण्डको सडक छेउछाउको क्षेत्रमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी सिटी र बेनी नगरपालीका ६ को डम्मरा आमा समूहले भुक्षय, पहिरो रोकथाम र हरियाली प्रर्वद्धनका लागि सडक किनारमा वृक्षारोपण गरेका हुन् । लायन्स क्लब अफ बेनी सिटी २०१७–१८ को पहिलो... पुरा पढ्नुहोस