म्याग्दी उद्योग वाणिज्य संघद्धारा नवनिर्वाचित सांसदलाई सम्मान

  • २६ मंसिर २०७४, मंगलवार
  • धिरन खत्री
  • 1487 पटक पढिएको

म्याग्दी, २६ मंसिर । म्याग्दी उद्योग बाणिज्य संघद्धारा नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद भुपेन्द्र थापा र प्रदेश सभामा निर्वाचित सांसद नरदेवी पुन र विनोद केसीलाई मंगलबार उद्योग बाणिज्य संघका पदाधिकारीहरु र ब्यवसायीहरुले फुलमालाले सम्मान गरेका हुन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको बद्याई तथा शुभकामना कार्यक्रममा बौल्दै प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले अव धेरै बोल्ने भन्दा गरेर देखाउने जिम्मेवारी आएको बताउनुभएको छ । जनतासंग गरेको बाचा र उनीहरुको समस्यालाई समाधन गर्ने जिम्मेवारी आएको हुदाँ उक्त कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।


ब्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघमा रहेका समस्यालाई समाधान गर्न आवश्यक ठाउँमा महत्वपुर्ण भुमिका प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ । थापाले चुनावी परिणामले नेपालमा कम्युनिष्टको नेतृत्वमा स्थिर सरकार बन्ने पक्का भएको हुदाँ विकास र सम्बृद्र्धी जनताको चाहना पुरा हुने विश्वास दिुनभयो ।

प्रदेशसभा क्षेत्र (ख)मा सांसद नरदेवी पुनले म्याग्दीको प्राकृतिक र मानवीय स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जनासंगै महिलाको समग्र विकासका लागि आयआर्जन सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता दिनुभयो । पुनले राजनितिक स्थिरता र विकासका लागि जनताले दिएको मतको सम्मान हुने काम गर्ने जिम्मेवार िआएको बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (क)मा सांसद बिनोद केसीले जनताले दिएको जिम्मेवारी पुरा गर्न सधै पुलको भुमिका भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जिल्लाको जलविद्युत, कृषि, पर्यटन, जडिवुटी लगायतका प्राकृतिक स्रोत साधनको परिचालन गरि विकास र रोजगारी सिर्जना गर्न सबै लाग्नुपर्ने बताउदै सहज नीतिनिर्माणमा सधै लाग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य संघ प्रदेश ४ का सदस्य कुविरकुमार श्रेष्ठले ब्यवासायीहरुमा रहेको प्रमुख समस्यालाई समाधान गरि उद्योगीहरुलाई सहज वातावरण निर्माण गर्न सासंदलाई आग्रह गरेका थिए । त्यस्तै नेपाली काग्रेसका जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्की, नेकपा एमाले जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेल, राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा लगायतले शुभकामना मन्तव्य राखेको थिए । पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्माको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव लिलाराम गौतमले गरेका थिए ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l