ताजा अपडेट

गुईठेभिरबाट खसेको ढुंगा लागेर घाईते युवालाई हेलिकप्टर मार्फत पोखरा पठाईयो

म्याग्दी, २१ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेभिरमा खसेको ढुंगा लागेर एक जना घाईते भएका छन् ।   बेनी हुँदै जोमसोम भम्रणमा हिँडेका काठमाण्डौ महानगरपालिका–५ का २५ बर्षिय उत्तम पाठक तस्बिर लिने क्रममा भिरमाथिबाट खसेको ढुंगा लागेर शनिवार साँझ घाईते भएको स्थानीय होटल व्यवसायि इन्द्रसिंह शेरचनले जानकारी... पुरा पढ्नुहोस

बरंजाका युवाहरुले सडक मर्मत गरे

म्याग्दी, २१ साउन । मंगला गाउँपालीका ३ बरंजाका युवाहरुले शनिबार सडक मर्मत गरेका छन् । बरंजाको गतिशिल युवा कल्वमा आवद्ध युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । कल्वका पदाधीकारी र सदस्यहरुले भुतेदहदेखि मनखोल्सा सम्मको ७ किलोमिटर सडक मर्मत गरेका हुन् । सडकमा खसेको पहिरो पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर... पुरा पढ्नुहोस

वुद्धुजालाई विद्यार्थीले खाजा खर्च कटाएर सहयोग गरे

म्याग्दी, २१ साउन । बंगरा अड्डाउने हड्डी खिईएपछि थलीएका अन्नपूर्ण गाउँपालीका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको उपचारका लागि विद्यार्थीहरुले खाजा खर्च कटाएर सहयोग गरेका छन् । नारच्याङ स्थित प्रभा मावीका विद्यार्थीहरुले खाजा खर्च कटाएर र शिक्षकहरुको सहयोगमा जुटाएको नौ हजार २६० रुपैया बिशालको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन... पुरा पढ्नुहोस

निस्कोटमा पहिरोबाट एक घर विस्थापीत

म्याग्दी, २१ साउन । म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा पहिरोले घर पुरीएको छ । दरवाङ निस्कोट सडकबाट खसेको पहिरोका कारण घोर्सीका गणेश पुनको गोठ, बाख्राको खोर र चर्पी भत्कीएको छ । शनिबार राती खसेको पहिरोले घर समेत भत्कीएको छ । पहिरो खस्न थालेपछि घरमा सुतेकाहरुले भागेर ज्यान बचाएका नेपाल रेडक्रस... पुरा पढ्नुहोस

तेस्रो एभरग्रीन कप फुटवलको उपाधि क्याम्पसचोकको पोल्टामा

म्याग्दी २१ साउन । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो एभग्रीन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड कल्व बिजयी भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको खुलामञ्चमा शनिवार सम्पन्न फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोल गर्दै क्याम्पसचोक युथ युनाईटेडका खेलाडीहरुले उपाधी... पुरा पढ्नुहोस

रत्नेचौरमा प्रहरीको सक्रियता बढ्यो

बेनी २१ साउन । म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने रत्नेचौरमा प्रहरीको सक्रियता बढेको छ । लागु औषधी दुब्र्यसन, सामाजिक विकृती, सवारी दूर्घटना न्युनीकरणमा रत्नेचौर प्रहरी चौकी र स्थानीय बासिन्दाले सक्रियता देखाएका हुन् । यसै क्रममा शनिबार रत्नेचौर प्रहरी बिटका प्रमुख हेम जिसीको नेतृत्वमा बागलुङ र म्याग्दीको सिमा क्षेत्रमा पर्ने... पुरा पढ्नुहोस

बेनी साप्ताहिक पत्रिको तेस्रो बार्षिकोत्सव

म्याग्दी, २१ साउन । बेनी साप्ताहिक पत्रिकाले तेस्रो बाषिकोत्सव मनाएको छ । स्थापनाकाल देखि निरन्तर प्रकाशित भएको पत्रिकाले तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा कार्षिकोत्सव तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । २०७२ साल जेठ ४ गतेबाट संचालन भएको पत्रिकाले तेस्रो बार्षिकोत्सवसम्म पत्रिकालाई ल्याउन सहयोग गर्ने पत्रकार , कर्मचारी विज्ञापन दाँतालार्ई... पुरा पढ्नुहोस

कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई जापानबाट सहयोग

म्याग्दी, २१ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई जापानबाट रहेका राखुबासीबाट सहयोग जुटेको छ । जापानमा रहेका राखु भगवतीका सागर भण्डारी नेतृत्वमा कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई ९७ हजार २७९ रुपैया सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा जापानमा रहेका राुभगवतीबासीहरुको... पुरा पढ्नुहोस

रिखार कपमा महिला भलिबलतर्फ धर्मनारायण इन्टरप्राइजेज र म्याग्दी बस व्यवसायी समितिको प्रायोजन

म्याग्दी, २१ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ । महिला... पुरा पढ्नुहोस

गाउँनै पहिरोको जोखिममाः विस्थापितलाई जिल्लाबाट राहत उपलब्ध

  म्याग्दी २० साउन । बेनी नगरपालीका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पुरै पात्लेखेत गाउँ जोखिममा परेको हो । रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै पुगेपछि जोखिम बढेको वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार, बुधबार र... पुरा पढ्नुहोस