ताजा अपडेट

सवारी चेकजाँचमा कडाई

म्याग्दी, ४ असोज । चाडपर्वको समयमा सवारी साधन बढी आवाजजावात हुने र मधिराजन्य पदार्थ सेवन गरि सवारी चलाउदाँ दुर्घटना बढ्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले चेकजाचँमा कडाई गरेको हो । चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चेकजाँचमा सक्रियता देखाएको हो । चाडपर्वको समयमा सम्भावीत सवारी दुर्घटना न्युनीकरण गर्ने... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा कार्की चयन

म्याग्दी, ४ असोज । काठमाण्डौमा बसोबास गर्ने काँग्रेस सुभेच्छुकहरुको संस्था नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा चित्र कार्की चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन छन्त्याल, शिव केसी,... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रद्धारा रघुगंगा गाउँपालिकामा संगठन विस्तार तिब्र

म्याग्दी, ४ भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले स्थानीय तहहरुमा पार्टीको संगठन विस्तार तथा सम्मेलनलाई तिब्रता दिएको छ । अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–२ र ३ मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनबाट नरबहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा... पुरा पढ्नुहोस

तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल

  बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा... पुरा पढ्नुहोस

कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

म्याग्दी, ३ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका... पुरा पढ्नुहोस

बेनीमा पनि संबिधान दिवस मनाइयो

  म्याग्दी, ३ असोज । बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो ।... पुरा पढ्नुहोस

लायन्स कल्व बेनी महारानीद्धारा शैक्षिक सामाग्री वितरण

  म्याग्दी, २ असोज । लायन्स कल्व अफ बेनी महारानीले बेनी नगरपालीका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ । कल्वको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो... पुरा पढ्नुहोस

पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख

  म्याग्दी २ असोज । बेनी नगरपालीका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा... पुरा पढ्नुहोस

मैत्रीपूर्ण फुटबल

म्याग्दी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ ।संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो । मैत्रीपूर्ण... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा एकिकृत सम्पत्ती कर लागू गर्ने तयारी

  म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५७६देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ । एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा... पुरा पढ्नुहोस