म्याग्दीको माथिल्लो भेगमा भएको हिमपातले चिसो बढ्यो (भिडियो सहित)

  • १० माघ २०७४, बुधबार
  • 2502 पटक पढिएको

म्याग्दी १० माघ । बुधवार विहानदेखि मौसममा आएको बदलीको कारण म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपातको कारण चिसो ह्वात्तै बढेको छ । जिल्लामा यो बर्ष पहिलो पटक हिमपात भएको हो ।

लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । हिउँ परेपछि जौ, गहुँ, उवा, फापर बालीमा सिचाई हुने भएकाले कृषक खुसी भएका हुन् ।

म्याग्दीको उच्च स्थानमा रहेको धौलागिरी गाउँपालीका १ गुर्जा र घोडेपानी लगायतका ठाउँमा हिमपात भएको छ । यसैबिच मुस्ताङ जिल्लाभर नै हिमपात भएपछि त्यस क्षेत्रमा पनि जनजिवन प्रभावित बनेको छ । (फाईल तस्बिर)