राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत

  • १० माघ २०७४, बुधबार
  • 1907 पटक पढिएको

बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैया सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु शर्मा, सेवाग्राही गंगाबहादुर बानियाले नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

प्रबन्धक पनेरुको अध्यक्षता र अर्जुन तिवारीको सञ्चालनमा मा सम्पन्न कार्यक्रममा सेवाग्राही बानिया, बिमला गौचन, पत्रकार सन्तोष गौतम, सम्मानीत कर्मचारी पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो । गत आर्थिक वर्षमा दुई करोड ६५ लाख रुपैया मुनाफा गरेको शाखाले चालु आर्थिक वर्षको छ महिनामा ३८ करोड रुपैया कर्जा लगानी, १९ करोड रुपैया निक्षेप संकलन र तिन करोड ८ लाख रुपैया आम्दानी गरेको जनाएको छ । नौ जना कर्मचारीको दरबन्दि रहेको शाखामा हाल ४ जना मात्र कार्यरत छन्् ।