बेनि नगरपालिका वडा नं २ मा बडास्तरीय बालक्लव गठन

  • ११ माघ २०७४, बिहीबार
  • रन्जना श्रेष्ठ
  • 1827 पटक पढिएको

म्याग्दी, ११ माघ । बेनि नगरपालिका वडा नं २ भकुण्डे को अर्जुन मा .वि मा १३ सदस्यी वडा स्तरीय बाल क्लवको गठन गरिएको छ । प्रगतिशिल बालक्लवको आयोजना तथा बे.न.पा वडा नं २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । बडा नं २ भित्रका बालबालिको सहभागिता, नेतृत्व विकास र बालअधिकारका संरक्षण तथा सम्र्वद्धन गर्न उद्देश्यका साथ बाल क्लवको गठन गरिएको थियो । स्थानिय संरचना अनुसार अहिले वडा वडामा बालक्लव गठन गर्न लागिएको हो । बालअधिकार,बालबालिको कर्तव्य र बाल क्लवको कार्य तथा महत्वको बारेमा जिल्ला बाल संजालकी सचिव रन्जना श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

बेनि नगरपालिका वडा नं २ अन्तरगतका अर्जुन मा .वि., सरस्वति आधारभुत विद्यालय, हंस बाहिनी आधारभुत विद्यालय, खड्काभवानी आधारभुत विद्यालय,नवदुर्गा आधारभुत विद्यालय, राधाकृष्ण आधारभुत विद्यालय,गरी ६ विद्यालयका विद्यार्थी तथा शिक्षक उपस्थिती थियो ।

बालबालिकाको क्षमता तथा ब्यक्ति विकास गर्न बालअधिकारको संरक्षण गर्न बालबालिका चौतर्फी विकास गर्न बालबालिकालाई हरेक तरहले सहयोग गर्न अर्जुन मा .वि . विद्यालयका प्रध्यानध्यापक शिव कुमार खत्रीले बताउनु भयो। वडा स्तरीय बाल संजालको अध्यक्षमा जिल्ला बाल संजालकी सदस्य कुसुम सुनुवार र्निविरोध चयन हुनु भएको छ । त्यसै गरि उपाध्यक्ष्ाँमा सृष्टि रिजाल सचिवमा हरि दर्जी, सह सचिवमा आकृति जि सि, कोषाध्यक्ष्ाँमा सृष्टि किसान सदस्यमा रितिक घिमीरे, सोना बोहोरा, दृष्टिी सुनुवार , रितिक सापकोटा , सृष्टि शर्मा ,सोफिया बराईली, मिना शर्मा , तिलिक शर्मा चयन हुनु भएको छ ।

नवगठित वडा बालसंजालका सदस्यहरुलाई शुभकामना मन्तव्य दिदै बेनपा बडा नं २का अध्यक्ष हिरा बहादुर थापाले बालअधिकार बालबालिकालाई अपरिहार्य भएको नव गठित बालबालिकाले आफनो क्षेत्रमा सकृय साथ लाग्न अनुरोध गर्नुका साथै उनिहरुको हरेक कार्यमा साथ दिने बताउनु भयो । बेनि नगरपालिका वडा नं २का अध्यक्ष हिरा ब . थापा विद्यालयका प्रधानध्यायक शिव कुमार खत्री तथा जिल्ला बालसंजालकी सचिव रन्जना श्रेष्ठ ले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रगतिशिल बाल क्लवका अध्यक्ष हरि दर्जी को अध्यक्षता जिल्ला बाल संजाल म्याग्दी की सचिव रन्जना श्रेष्ठको प्रमुख आतिथ्यता बेनपा बडा नं २का अध्यक्ष हिरा बहादुर थापा को विशिष्ट आतिथ्यता र मिना शर्माको कार्यक्रम संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रन्जना श्रेष्ठ