ताजा अपडेट

शिवको नृत्य अवतारः

  म्याग्दी, २७ माघ । बेनी नगरपालिका ९ गलेश्वरमा ९ रोपनी विशाल चक्रशिलामाथि रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भगवान शिवको नृत्य अवतार राखिएको छ । १०८ शिवलिङ्ग रहेको ठाउँमा शिवको नृत्य अवतार राखिएको हो । सो नृत्य अवतार करिव ५ लाख रुपैयाँ बराबर खर्चमा निर्माण गरिएको क्षेत्रकिकास कोषले जानकारी दिएको छ... पुरा पढ्नुहोस

नेपाली युवकले जिते ५५ लाख रूपैयाँको ग्लोबल फेसबुक अवार्ड

नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी... पुरा पढ्नुहोस

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

२७ माघ ।  शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले... पुरा पढ्नुहोस

६० लाखको भार बोके कलाकार धुर्मुस–सुन्तलीले

काठमाडौं, २७ माघ ।विपन्न बाढीपीडितका लागि सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस)–कुञ्जना घिमिरे (सुन्तली) बिहीबार ऋणको भारी बोकेर फर्केका छन्। चन्द्रपुर ८ सन्तपुरमा धुर्मस–सुन्तली फाउन्डेशनले हस्तान्तरण गरेको एकीकृत नमुना बस्तीनिर्माणका क्रममा गरेको ऋणमध्ये ६० लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ। बस्ती निर्माणकाक्रममा टावर निर्माण, ट्रस्ट... पुरा पढ्नुहोस

सामाजिक सञ्जालबाट जुट्यो ५० हजार

म्याग्दी, २५ माघ । बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारको गुमेको आँखाको उपचारका लागि मलेसियामा रहेका एक म्याग्देलीले सामाजिक सञ्जालको सहयोगमा ५० हजार आर्थिक संकलन गरेका छन् । बेनपा–१ अर्जम घरभई रोजगारको सिलसिलामा मलेसियामा रहेका आशिष परियार ‘झिल्के’ विभिन्न देशमा रहेका नेपालीबाट ५० हजार ८१७ रुपैयाँ संकलन गरेका हुन् । मलेसिया,... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार शिविरमा... पुरा पढ्नुहोस

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२४ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए... पुरा पढ्नुहोस

घर छाउन प्रयोग गरिने सेलेट ढुङ्गा फुटाउदै:

म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरबारीमा स्थानीयबासीले बेनी जोमसोम करिडोर निर्माण कार्य भईरहेको सडक अन्तर्गत घर छाउन प्रयोग गरिने सेलेट ढुङगा फुटाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

राखु भगवतीमा निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा

  म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा १५ सैयाको निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङको सहयोगमा निर्माण सुरु भएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सो भवन २०७३ साल कार्तिक महिनादेखि सुरु भई २०७५ साल... पुरा पढ्नुहोस

उत्पादन मिति नराखीकन चाउमीन बिक्री

बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री... पुरा पढ्नुहोस