म्याग्दीका थकाली समुदायले तोरन्ल पर्व मनाए

  • १६ फाल्गुन २०७४, बुधबार
  • 2489 पटक पढिएको

म्याग्दी, १६ फागुन।  फागुपूर्णिमा अर्थात होलि भनेर चिनिन्छ । यो पर्व खास गरि थकाली हरुले मनाउने गर्दैछन् । यो पर्वलाई थकालीहरुले तोरन्ल पर्व पनि भन्ने गर्छन् । म्याग्दीमा पनि थकाली जातीहरुले तोरन्ल पर्व पुरानै परम्परागत रुपमा मनाएका छन् । तोरन्ल पर्वको अवसरमा १६ गते देखि २० गते सम्म थकालि सेवा समितीका युवा परिवार बाट ताराखेल प्रतियोगिता आयोजना गरिएको छ ।

सोहि प्रतियोगिताको उद्घाटन गर्दे बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि म्याग्दीको नाम राष्ट्रिय स्तरमा पु¥याउन सफल भएको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी सोभाखर पोखरल तथा थकालि सेवा समितीका केन्द्रीय सदस्य गोपाल भट्टचनले परम्परागत रुपमा चल्दै आएको यस पर्वमा ताराखेल प्रतियोगीताको पनि छुट्टै पहिचान रहेको बताउनु भयो ।

पर्वको अवसरमा आयोजना गरिएको ताराखेल प्रतियोगीता २० गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगीतामा प्रथम र दितीय हुनेले क्रमश नगद ३५ र २० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्रराप्त गर्ने भएका छन् । र प्रतियोगीतामा उत्कृष्ट धनुसधर र विशिष्ट धनुसधर हरुलाई पनि सम्मान गरिने भएको छ । खेल १८ गते देखि सञ्चालन हुने भएको छ ।

थकालि सेवा समिती बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थकालि सेवा समितीको पुर्व केन्द्रीय सदस्य विमला गौचन, नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र मगर संघ म्याग्दीको उपाध्यक्ष डकमाया पाईजा, छन्त्याल संघका उपाध्यक्ष रेशम छन्त्यालले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन थसेस बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचन र स्वागत उपाध्यक्ष कृष्णकुमार शेरचनले गरेका थिए ।

To Top