न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो

  • १८ फाल्गुन २०७४, शुक्रबार
  • dhiran
  • 1698 पटक पढिएको

म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा स्वदेश तथा विदेश रहेका राखुबासीबाट सहयोग प्राप्त भएको छ ।


सो क्लवका लागि ३ लाख ८० हजार रुपैया सहयोग संकलन भएको छ । क्लवद्धारा आयोजित मेलालाई सहयोग गर्ने चन्ददाताहरु तथा जनप्रतिनिधिहरुलाई प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममाबाट सम्मान गरिएको थियो । सो कार्यक्रममा बौल्दै सांसद केसीले जिल्लाको विकास लागि आफ्नो गाउँ आफै बनाउने अभियानमा लागेका सिजलगाउँ बासीको अभियानले समाज परिर्वतन गर्न समय नलाग्ने बताउदै युवाहरु मिलेर ब्यवसायिक स्वरोजगारको बातावरण सिर्जना गर्नुपर्ने बताए । राखुको विकास लागि यहाँ रहेको भगवती मन्दिर रुईसेलाई पर्यटकिय गन्तव्यको रुपमा विकसित गरि प्रमुख आयस्रोतको माध्यम बनाउन सकिने हुदाँ आवश्यक सहयोग लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले राखु क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरुको प्रमुख भुमिका रहेको बताउदै आवश्यक सहयोगका लागि प्रतिवद्ध रहेको बताए । त्यस्तै सो कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका समृद्ध बनाउन युवाहरुको साथ सहयोग महत्वपुर्ण रहेको बताए । कार्यक्रमा वडा अध्यक्ष रिमबहादुर कटुवाल, माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी, समाजसेवी राज गिरि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


क्लवका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षता, मेला आयोजक समितिका अध्यक्ष अर्जुन भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव राम्जी भण्डारीले गरेका थिए । सो कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए । क्लवले भलिबल, विच भलिबल र महिला लठो आयोजना गरको छ । सो प्रतियोगितामा भलिबलमा विजेता र उपविजेतलाई २५ हजार ५सय र १२ हजार ५सय रुपैया रहेको छ । भने विच भलिबल र महिला लठोमा विजेता र उपविजेतालाई ७ हजार र ४ हजार रुपैया सहित प्रमाणपत्र रहेको क्लव सचिव राम्जी भण्डाले जानकारी दिए ।

dhiran