बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर

  • २५ असार २०८०, सोमबार
  • 424 पटक पढिएको

म्याग्दी २५ असार ।
म्याग्दी सदरमुकाम बेनीमा सोमबार निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मानसिक रोगका विरामीहरुलाई लक्षित गरि आयोजित शिविरमा २१ जना पुरुष र २८ जना महिला गरि ४९ जनाले सेवा लिएका छन् । संरक्षक म्याग्दीको आयोजना , लिड्स नेपाल र भिसेन्ट फेररको सहयोगमा बेनी अस्पताल परिसरमा सञ्चालित शिविरमा स्वास्थ्य चेकजाँच संगै मनोमरामर्श र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको लिड्स नेपालका जिल्ला संयोजक निसा महतले जानकारी दिनुभयो ।
शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर अनुसा मानन्धर लगायत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरको उद्घाटन कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी, लिडस नेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठ, गैसस महासंघका अध्यक्ष दिपक पौडेल र डाक्टर मानन्धरले मानसिक रोगका विरामीहरुको समयमै उपचार गरेर राम्रो हेरचाह र पारिवारिक तथा सामाजिक उत्तरदायित्वको जरुरी रहेकोमा जोड दिनुभयो । बेनी नगरपालिकाभित्रका मानसिक रोगका विरामीहरुको बेनी नगरपालिकाले निःशुल्क स्वास्थ्य विमा गरिदिने प्रतिबद्धता गरेको संरक्षक म्याग्दीले जनाएको छ । अस्पतालका अध्यक्ष सुवेदीको अध्यक्षता र संरक्षक म्याग्दीका संयोजक महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लिड्स नेपालले मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न समयमा शिविर समेत सञ्चालन गर्दै आएको छ ।