विशेष

जलविद्युत आयोजनालाई रघुगंगाबासीको ३१ बुँदे माग, सहमतीमा नआए निर्माण कार्य ठप्प पारिने

म्याग्दी, २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनालाई गाउँपालिकाबासीले ३१ बुँदे माग राखेका छन् । जलविद्युत आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत आयोजनाहरुलाई गाउँपालिकाको सामुहिक मागको रुपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो ।... पुरा पढ्नुहोस

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय

म्याग्दी २५ फागुन । कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी... पुरा पढ्नुहोस

बादरजुङ र काभ्रेभिरको यात्रा यसरी भयो सहज

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘अक्करे भिरमा... पुरा पढ्नुहोस

जलजलामा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (तस्बिर/भिडियाे)

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । कार्यक्रमको... पुरा पढ्नुहोस

राहुघाटको बाँध पहिरोको जोखिममा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुुगेको बाँध पहिराको जोखिममा परेको हो... पुरा पढ्नुहोस

म्याग्दीको मुदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

म्याग्दी  २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदी केन्द्रिबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धवलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देविस्थान लगायत... पुरा पढ्नुहोस

सहज बन्दै बावियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडक (तस्बिर/भिडियो)

म्याग्दी , २३ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरदेखि वडा नम्बर २ को हिदी जोड्ने सडक स्तरोन्नती थालिएको छ । बावियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडकखण्डलाई स्तरीय बनाउन सडक स्तरोन्नती योजना सञ्चालन गरिएको हो । यस सडक खण्डको भाइबाङ्गखोला काफलचौर खण्डमा सडक ढलान गर्न थालिएको छ । गाउँपालिकाको गौरवको योजनाको रुपमा कार्यान्वयन... पुरा पढ्नुहोस

लुलाङ–गुर्जा सडकले जाेडिदै : पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुपर्थ्याे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभएकाे थियाे ।... पुरा पढ्नुहोस

गलेश्वर बजारमा सौन्दर्यकरण योजनाकाे सुरुवात

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क... पुरा पढ्नुहोस

कुुमारी सहकारी ठगी प्रकरण : जिसस प्रमुख सहित पाँच जनालाई थुनामा पठाउने आदेश

म्याग्दी, २१ फागुुन । म्याग्दी सदरमुुकाम बेनीमा रहेको कुुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।   जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा बुधबार भएको थुनछेक... पुरा पढ्नुहोस