विशेष
ठेगदारको गुणस्तरहिन कामले नालीको ढकनी एकहप्तापनि टिकेन
- 7 बर्ष, 6 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । सदरमुकाम स्थित बेनी नगरपालिका ८ कालीपुलमा ढलान गरिएको बसपार्क प्रयोगमा आएको एक हप्ता नहुदै लार्खो खर्चेर निर्माण गरिएको नालीमाथि राखिएको ढकनी भाँचिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत असारमा ढलान गरेको बसपार्क करिब एक हप्ताअघि सञ्चालनमा ल्याइएको थियो ।... पुरा पढ्नुहोस
दशैँलाई लक्षित गरि करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी
- 7 बर्ष, 6 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेनी, २९ असोज । दशैँलाई लक्षित गरि यहाँबाट करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौ लगाएर ल्याईएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरि यो बर्ष १६ हजार ७०० भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा... पुरा पढ्नुहोस
अपडेटः गुर्जा हिमालमा हिमआँधीले दुर्घटना भयो, शबहरु छरपस्ष्ट : प्रत्येक्षदर्शी
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
दुर्घटना भएको थाहा पाएपछि उद्धार टोलीसंग विहान गुर्जा आधार शिविरमा पुगेर फर्किए । माथिबाट हामीले ८ वटा सबलाई देख्यौँ । सबहरु छरपष्ट छ । हिमआँधीको कारण दुर्घटना भएको सजीलै अनुमान गर्न सकिन्छ । हिमाल आरोहणका लागि पुगेका आरोही पर्यटकहरु बास बसेको टेन्टहरु समेत यत्रतत्र भएको छ । सबहरु देखिएको भन्दा... पुरा पढ्नुहोस
गुर्जा हिमालको आधार शिविरमा ८ जना मृत भेटिए
- 7 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शब भेटीएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका... पुरा पढ्नुहोस
चौथो एभरग्रिन कपको उपाधी आयोजकलाई
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनीमा शुक्रबार सम्पन्न चौथो एभरग्रिन कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेका छन् । आयोजक एभरग्रिन कल्वको सेतो समूहले हरियो समूहलाई १ का विरुद्ध ३ गोल गर्दै उपाधी जितेको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख तीस हजार र सत्तरी हजार रुपैयाँ... पुरा पढ्नुहोस
उपल्लो मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
मुस्ताङ, २६ असोज । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस
एक दशकपछि गुर्जा हिमालमा आरोही टोली
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी, २६ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि एक दशकपछी हिमाल आरोहीहरु आएका छन् । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ... पुरा पढ्नुहोस
म्याग्दीकी रुप्सिना पुन बनीन् काठमाण्डौ फेशन अवार्डको बिजेता
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
म्याग्दी,२६ असोज । काठमाण्डौको बानेश्वरमा भएको काठमाण्डौ फेशन उईक २०१८को भोलुम एकको बिजेता म्याग्दीकी रुप्सिना पुन भएकी छिन । बेनी नगरपालिका ८ गणेशटोलकी पुन हाल काठमाण्डौमा एयरहोस्टेज गदैछिन । बेनी सामुदायिक बिद्यालयबाट कक्षा १२ उर्तिण गरेकी पुनले मोडेल सोङस् प्रालिले आयोजना गरेको फेशन उईक बिजेता हुदै अवार्ड संगै बिजेताको ताज... पुरा पढ्नुहोस
यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण
- 7 बर्ष, 6 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय... पुरा पढ्नुहोस