निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा
- १६ मंसिर २०७५, आईतवार
- 2208 पटक पढिएको
म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा समेत पर्दशन गरेको हो ।
नेकपाले आयोजना गरेको विरोध पदर्शन भएपनि अन्य स्वतन्त्र युवाहरुले समेत हत्यारालाई कारबाहीको माग गर्दै आयोजना गरिएको पर्दशनमा सहभागी भएर साथ दिएका थिए ।
हत्यारालाई कारबाहीको माग गर्दै नाराबाजी सहित बेनी बजार परिक्रमा पश्चात हुलाकचोकमा आयोजित कोण सभामा बोल्दै नेकपाका जिल्ला इन्चार्ज गमबहादुर श्रीषले वर्तमान सरकार हत्यारा पत्ता लगाउन नसकेर लाचार बनेको बताउँदै आफुहरुले दबाबमुलक कार्यक्रम गर्नुपरेको बताउनुभयो ।
उहाँले नेकपाको काठमाण्डौमा भएको आमसभा पछि पार्टीले सो घटनाको अनुसंधानको लागि टोली खटाईसकेको बताउँदै सरकारले लुकाएको पन्तका हत्यारालाई छिट्टै पहिचान गरि सार्वजनिक गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा जिल्ला शेक्रेटरी बाबुलाल शाक्यले सरकारले शान्ति सुरक्षालाई बलिया बनाउन नसक्दा आम जनताले असुरक्षित महसुस गरेको बताउँदै जनताको जिउ ज्यानको रक्षा गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो ।