विशेष
दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण गरिने
- 6 बर्ष, 1 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
बेनी २७ मङसिर / डेढ वर्षअघिको पहिरोले विद्युतगृह पुरीएपछि बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थित दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण हुने भएको छ ।धवलागिरी गाउँपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले परियोजना पुनःनिर्माण गरेर म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित लुलाङमा विद्युत सुबिधा सूचारु गराउन लागेका हुन् ।... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?
- 6 बर्ष, 1 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस
रघुगंगा नदीले भवन बगाएपछि रितुङ्ग माविका विद्यार्थी त्रिपालमुनी बसेर बढ्न बाध्य (फाेटाे फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
म्याग्दी २६ मंङ्सिर । नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगंगा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्यांग्रीने गर्छन् । रमाई रमाई स्कुलमा पढ्नुपर्ने समय उनीहरुको लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाई हो यो । गत भदौ... पुरा पढ्नुहोस
कालिगण्डकी कोरीडोर प्रशारण लाईन ‘टावर निर्माण धमाधम, तार तान्न सुरु’
- 6 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
म्याग्दी, २५ मङ्सिर । म्याग्दी र मुस्ताङमा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालिगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कामले गति लिएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सबस्टेशन निर्माण कार्यले गति... पुरा पढ्नुहोस
मौवाफाँटमा सामुदायिक होमस्टे
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७५, सोमबार
बेनी २४ मङसिर । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक होमस्टे सञ्चालन भएको छ । पाहुनाहरुको सुबिधा, पर्यटन प्रर्वद्धन र आयआर्जन वृद्धीको अवसरका लागि मौवाफाँटको ५ वटा घरमा एकता सामुदायिक होमस्टे सुरु भएको हो ।पाँच वटा घरमा एक, एक वटा कोठा को व्यवस्था गरेर दश जना क्षमताको होमस्टे सुरु गरिएको सञ्चालक... पुरा पढ्नुहोस
वडा अध्यक्ष फगामीद्धारा पारिश्रमिकबाट अक्षयकोष स्थापना
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७५, सोमबार
बेनी २४ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिकबाट सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । मान्द्रढुङ्गामा रहेको हिमालय आधारभुत विद्यालयको सोमबार आयोजित ५४ औ वार्षिक उत्सव समारोहमा वडा अध्यक्ष फगामीले बुवा रनबहादुरको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका... पुरा पढ्नुहोस
बालबालिकाको लागि फर्सीको खिर
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७५, सोमबार
बेनी २४ मङसिर । म्याग्दीका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पौष्टिक आहराका लागि फर्सीकाे खिर बनाएर खुवाउन थालेका छन् । एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले फर्सीको खिर बनाएर खुवाउन थालेका हुन् । फर्सीको महत्व बुझेपछि आमाहरु बालबच्चालाई खिर बनाएर खुवाउन थालेका... पुरा पढ्नुहोस
सहकारीको मुठ्ठिदान अभियानबाट विद्यार्थीलाई सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७५, सोमबार
बेनी २४ मङसिर । बेनीमा महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदान संकलन गरेर विपन्न विद्यार्थीलाई सोमबार नगद र खाद्यान्न सहयोग गरेको छ । संस्थाकी सेयर सदस्य स्वः तेजकुमारी गैरे (रुविना)को स्मृतिमा बेनपा ६ स्थित जामुनाखर्क माविका दुई जना छात्रालाई खाद्यान्न सहित नगद दुई हजार एक सय... पुरा पढ्नुहोस
दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई
- 6 बर्ष, 1 महिना अगाडि
- २३ मंसिर २०७५, आईतवार
बेनी २३ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटताका कारण दग्नाममा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य सेवा लिन समस्या भएपछि दर्मीजाबासीको सुबिधाका लागि गाउँपालिकाले इकाई स्थापना गरेर सेवा विस्तार गरेको हो । एक जना अहेव र एक जना कार्यालय... पुरा पढ्नुहोस
च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण
- 6 बर्ष, 1 महिना अगाडि
- २३ मंसिर २०७५, आईतवार
म्याग्दी २४ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । भवनको शनिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठको सञ्चालन र स्थानीय रेशम पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा... पुरा पढ्नुहोस