विशेष

खेलकुद र पर्यटन विकासमा बगरफाँटका युवा

  ध्रुवसागर शर्मा म्याग्दी २ भदौ । म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची,बेल्चा,कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा क्लवका युवाहरु पर्यटकीय क्षेत्रहरुको सरसफाइ गर्न र परिचय वोर्ड राख्न भेला भएका... पुरा पढ्नुहोस

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

  पोखरा, २ भदौ । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको... पुरा पढ्नुहोस

म्याग्दी मुद्रण उद्योग संघद्वारा स्वर्गिय फगामीको परिवारलाई आर्थिक सहयोग

  बेनी, २ भदौ । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा अकस्मात निधन भएको थियो । संघका अध्यक्ष सन्दिप खत्री लगायत पदाधिकारीको टोलीले... पुरा पढ्नुहोस

बजेट विनियोजन रोकिएपछि सामुदायिक भवन अलपत्र

बेनी, २ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ नम्बर वडामा दुई सामुदायिक भवन अलपत्र परेका छन् । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकिकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरवाट बजेट विनियोजन हुन रोकिएपछि दुबै भवन अलपत्र अवस्थामा छन् । वि.स. २०७२ सालदेखि भवन... पुरा पढ्नुहोस

अमर मा.वि. चिमखोलामा स्थापित अक्षयकोषहरुबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

म्याग्दी १ भदौ । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको  अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना गर्नुभएको चार वटा अक्षयकोषबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो । कार्यक्रममा “नर बहादुर गजमति स्मृति” कोषबाट... पुरा पढ्नुहोस

पर्यटकिय गाउँ चिमखोला (फोटोफिचर)

  म्याग्दी, १ भदौँ । विश्वभर लोकप्रियता कमाइरहेको थालि नाचको उद्गम थलोको रुपमा चिनिएको रघुगंगा गाउँपालिका –७ को पर्यटकिय गाउँ चिमखोला । चिटिक्क र गुचुप्प घरहरु मिलेर बसेको चिमखोला बस्ती टाढाबाट हेर्दा आकर्षक देखिन्छ । यहाँ एक सय ८० घरपरिवारको बसोबास छ । मगर जाति बढी बसोबास रहेको चिमखोला गाउँ... पुरा पढ्नुहोस

पुलह पुलत्स्य अन्न क्षेत्रको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी चयन

  बेनी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुहल पुलत्स्य अन्न क्षेत्रको कार्यसमितिले एक वर्षपछि नेतृत्व पाएको छ । एक वर्षदेखि नेतृत्व विहिन क्षेत्रको गत जेठमा बोलाइएको अधिवेशनबाट पनि नेतृत्व चयन हुन सकेको थिएन् । गलेश्वरमा शुक्रबार भएको अधिवेशनबाट ज्ञानेन्द्रप्रसाद सुवेदीको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । जिल्ला... पुरा पढ्नुहोस

घोडेपानीमा मगर जीवनशैली र संस्कृति झल्कने सङ्ग्रहालय

  म्याग्दी,३२ साउन । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीमा मगर संस्कृति र जीवनशैली झल्कने मगर सङ्ग्रहालय रहेको छ। प्रसिद्ध पर्यटकिस्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीका होटल ब्यवसायी मिलेर सङ्ग्रहालय स्थापना गरिएको हो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६घोडेपानीका होटल ब्यवसायी आमाहरुद्वारा संचालित गरिएको सङ्ग्रहालयमा मगर जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा,... पुरा पढ्नुहोस

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

  म्याग्दी, ३२ साउन । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् । निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवद्र्धकले जनाएका... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

  म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा... पुरा पढ्नुहोस