नेपाल मगर संघका केन्द्रिय सदस्य पुनलाई सम्मान
- १७ जेष्ठ २०८३, आईतवार
- 3 पटक पढिएको
म्याग्दी १७ जेठ । नेपाल मगर संघको केन्द्रीय सदस्यमा बिजयी हुनुभएका हिराबहादुर पुनलाई सम्मान गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले संघको हालै सम्पन्न १३ औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेशको भूगोलतर्फ केन्द्रीय सदस्यमा बिजयी हुनुभएका पुनलाई सम्मान गरेको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य पुनलाई साफा, खादा र अविर लगाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य पुनले मगर समुदायको अधिकारलाई सुनिश्चित गराउनुका साथै समुदायको पुनरुत्थानको लागि सक्रिय भएर काम गर्ने बताउनुभयो । उहाँले मगर समुदायभित्र ल्याउन खोजिएको विमतिलाई व्यवस्थापन गर्ने, आफ्ना कला संस्कृति र परम्पराको जगेर्ना गर्ने कार्यमा समेत पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगरले लामो समयपछि म्याग्दीले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर मिलेको बताउँदै पुनको बिजयीले सिंगो म्याग्दीको मगर समुदायमा उत्साथ र हौँसला मिलेको बताउनुभयो । कार्यक्रममा नेपाल पुन मगर समाज म्याग्दीको तर्फबाट समेत पुनलाई सम्मान गरिएको थियो । समाजका जिल्ला अध्यक्ष निरज शेरपुञ्जाले सम्मान पत्रद्धारा उहाँलाई सम्मान गर्नुभएको थियो । नेपाल मगर संघ म्याग्दीका कोषाध्यक्ष दुर्गा बुढा मगरको स्वागत र सहसचिब रमेश फगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
