विशेष

सिट नपाए उम्मेदवारी फिर्ता हुन्नः राप्रपा(प्रजातान्त्रिक)

म्याग्दी, ६ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गरेको राप्रपा (प्रजातान्त्रिक) म्याग्दीले सिट बाँडफाँट गरि तालमेल नभए पार्टीको तर्फबाट दर्ता भएको उम्मेद्वारी फिर्ता नहुने जनाएको छ । राप्रपा प्रजातान्त्रिकले सोमबार बेनीमा पत्रकार सम्मेलन गरि पार्टीको तर्फबाट आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दर्ता भएको उम्मेद्वारी सम्बन्धमा... पुरा पढ्नुहोस

बाम गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान चलाउने

म्याग्दी, ६ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक... पुरा पढ्नुहोस

राप्रपा र गौचन दाजुभाईको रमिता ! तीन राप्रपा एक अर्का विरुद्ध उम्मेदवारी

म्याग्दी, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन केन्द्रिय सदस्यद्धय समेत रहेका भिमप्रसाद गौचन र जगत प्रसाद गौचन एकै घरका दुई दाजुभाई हुन् । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी घर भएका गौचन दाजुभाई राप्रपा विभाजन संगै फरक फरक पार्टीमा पुगेका छन् । उनीहरुको फरक फरक पार्टीको नेतृत्वले आईतवार म्याग्दीमा भएको मनोनयन... पुरा पढ्नुहोस

मुस्ताङमा आठ जनाको उमेद्वारी

मुस्ताङ ५ कात्तिक  आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आईतबार आठ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेस, एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रीक पार्टीको तर्फबाट उमेद्वारी दर्ता भएको हो ।... पुरा पढ्नुहोस

म्याग्दीमा मनोनयन दर्ता शान्तिपूर्ण, तीन सिटको लागि १८ जनाको उम्मेद्वारी (फोटो फिचर)

म्याग्दी ५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको... पुरा पढ्नुहोस

म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो... पुरा पढ्नुहोस

म्याग्दीमा कस्ले पाउला टिकट ?

बेनी, २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र... पुरा पढ्नुहोस

माझखर्कमा बालकक्षा संचालनका लागि लोक बहादुर भण्डारीबाट १ लाख ११ हजार सहयोग

म्याग्दी,२ कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका २ माझखर्कमा बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन सो सहयोग गरेका हुन । ५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालन नहुँदा... पुरा पढ्नुहोस

निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने म्याग्दीका दलहरुको प्रतिबद्धता

म्याग्दी, १ कात्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने म्याग्दीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार बेनीमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरुले सो प्रतिबद्धता जनाएका हुन् । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न... पुरा पढ्नुहोस

म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो । https://www.youtube.com/watch?v=keUTDjqme2Q&t=345s सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो । पुरा पढ्नुहोस