भुरुङ तातोपानीका बाढी पिडितलाई राहत वितरण
- ८ श्रावण २०७५, मंगलवार
- 2044 पटक पढिएको
म्याग्दी ८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत वितरण गरिएको छ ।गत बैशाख ३० गते बस्ती माथिबाट खोल्सामा आएको बाढीबाट क्षत्ती ब्यहोरेका पिडितलाई अन्नपूर्ण गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाबाट दुई लाख ३१ हजार र चन्दा अभियानबाट संकलित छ लाख ६९५ रुपैया सत्र जना बाढी पिडितलाई वितरण गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा अध्यक्ष फगामी, वडा सदस्यहरु, नायव सुब्बा कुलप्रसाद आचार्य, प्रहरी र रेडक्रसका प्रतिनिधिको रोहबरमा राहत वितरण गरिएको हो । लट्टे गिरी र बालकृष्ण मिजारले एक लाख १७ हजार रुपैयाका दरले सहयोग पाउनुभएको छ ।
देवेन्द्र भट्टचनलाई ८९ हजार, टेकनारायण पौडेललाई ७९ हजार, टकबहादुर पुनलाई ७२ हजार, गोविन्द पुर्जालाई ७२ हजार, प्रेम रन्तीजालाई ६७ हजार, देवलकुमारी तुलाचनलाई ३७ हजार, अकुमारी पुर्जालाई ३२ हजार, दशरथ कर्माचार्यलार्य ३२ हजार, पाल्टेन गुरुङलाई ३२ हजार रुपैया उपलब्ध गराइएको छ ।
रजीया खातुन, ढावा शेर्पा, सिताराम गुरुङलाई २३ हजार रुपैयाका दरले सहयोग गरिएको छ । कमला नेपाली, रजीया खातुन र ढावा शेर्पालाई संयुक्त रुपमा १३ हजार ६९५ रुपैया शौचालय निर्माणका लागि उपलब्ध गराइएको छ । सुरेश तिलीजा र गंगामान सुनारलाई पाँच हजारका दरले सहयोग गरिएको छ ।
बाढी पिडितका लागि गाउँपालिकाले सञ्चालन गरेको सहयोग संकलन अभियानका लागि गाउँपालिका अध्यक्ष पुन र वडा अध्यक्ष फगामीको हस्ताक्षर रहनेगरी गरिमा विकास बैंकको पोखरेबगर शाखामा खाता खोलीएको थियो ।
कोरीयामा रहनुभएका भुरुङ तातोपानीका अनील फगामीको पहलमा एक लाख ५५ हजार ५०० र जापानमा रहनुभएका सन्तोष थापाको पहलमा एक लाख २६ हजार २५ रुपैया सहयोज जुटेको छ ।
गाउँपालिका अध्यक्ष पुनको पहलमा एक लाख एक हजार संकलन भएको छ । टिम्स क्षेत्रीय कार्यालय पोखराले पचास हजार, म्याग्दी उद्योग वाणिज्य संघले चालीस हजार, रेडक्रस सोसाईटीको दाना उपशाखाले बिस हजार १५५, म्याग्दी हाईड्रो प्रा.लीले २१ ह्जार ९५०, अन्नपूर्ण गाउँपालिका ३ दानाबाट बिस हजार सहयोग प्राप्त भएको थियो ।
मदरल्याण्ड सर्भीस सोसाईटी घारबाट १५ हजार, अनील हिराचनबाट पन्ध्र हजार, अन्नपूर्ण गाउँपालिका ८ राम्चे वडा समितिबाट दश हजार, प्रदेश सभा सदस्य बिनोद केसीबाट दश हजार, दाना घर भई हाल ईजरायलमा रहनुभएकी ललीता तिलीजाको पहलमा दश हजार, ठूलोबगरको शिवालय आमा समूहबाट पाँच हजार पाँच र भुरुङ तातोपानीका बिरु गुरुङले एक हजार पचास रुपैया सहयोग गर्नुभएको छ ।