फरार दुई अभियुक्त पक्राउ

  • १० श्रावण २०७५, बिहीबार
  • 1587 पटक पढिएको

म्याग्दी, १० साउन ।  जिल्ला प्रहरी कार्यालयले कर्तब्य ज्यान मुद्धामा फरार दुई अभियुक्तलाई प्रक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७३ मंसिर ३० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्धामा दोषि ठहर भएका मालिका गाउँपालिका–५ का २३ बर्षिय फट् बहादुर बढुा र सोही स्थानका बर्ष २२ का भेष बहादुर रानालाई पक्राउ गरिएको हो ।

४ बर्ष कैद सजाँय तोकिएका बुढा र २ बर्ष ४ महिना ८ दिन कैद सजाँय तोकिएका रानालाई उनीहरुकै घरमा लुकिछिपी बसेको अबस्थामा ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका परार प्रतिबादी बुढा र रानालाई जिल्ला अदालतमा उपस्थित गराएर अदालतको आदशे अनुसार तोकिएको कैद भक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।