विशेष
जन्मदिनको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार
- 9 महिना, 15 दिन अगाडि
- २६ माघ २०८०, शुक्रबार
म्याग्दी २६ माघ । पछिल्लो समय विवाह, जन्मदिन, बैबाहिक बर्षगाँठ लगायतको अवसरमा जीवन विमा पोलिसी उपहारको रुपमा दिने चलन बढेको छ । यसैबिच मंगला गाउँपालिका–३ बरंजाका भरत रोकाले आफ्नो श्रीमती गंगा रोकालाई जन्मदिनको अवसरमा उपहारको रुपमा बिमा पोलिसी खरिद गरिदिनुभएको हो । रोकाले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन... पुरा पढ्नुहोस
नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल
- 9 महिना, 15 दिन अगाडि
- २६ माघ २०८०, शुक्रबार
म्याग्दी, माघ २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत्... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति नै समन्वयमा चुक्यो,योजना बैङ्क बनाउने निर्णय कसरी होला कार्यान्वयन ?
- 9 महिना, 16 दिन अगाडि
- २५ माघ २०८०, बिहीबार
बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ । जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर जिससले गरेको निर्णय विवादित बनेको छ । जिससको यस्तो निर्णय र गतिबिधीले तीन तहका... पुरा पढ्नुहोस
१२ औं आधारभुत तह बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो
- 9 महिना, 16 दिन अगाडि
- २५ माघ २०८०, बिहीबार
बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी... पुरा पढ्नुहोस
रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण
- 9 महिना, 16 दिन अगाडि
- २५ माघ २०८०, बिहीबार
म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मंगला गाउँपालिका २ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए। ‘बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहस्रधारामा रहेको सामुदायिक भवनको एउटा... पुरा पढ्नुहोस
मोना स्पेनद्धारा विपन्नको उपचारमा रु १ लाख ८१ हजार बढी सहयोग प्रदान
- 9 महिना, 17 दिन अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले जिल्लाका विभिन्न ठाउँका विरामीको उपचारको लागि रु १ लाख ८१ हजार बढी सहयोग गरेको छ । मोना स्पेनले म्याग्दीको रघुगंगा गाउँपालिका–६ का क्यान्सर पीडित गनबहादुर शेरपुजा, बेनी नगरपालिका–३ भकिम्लीका मृगौला पीडित स्मृति छन्त्याल पुन र बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पीडित मनिसा पाईजा (मोनीका)को उपचारमा... पुरा पढ्नुहोस
मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सुरु
- 9 महिना, 17 दिन अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम सुरु गरिएको हो । जानोदय माविमा पाँच दिनसम्म सञ्चालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको... पुरा पढ्नुहोस
महिला सहकारीहरुलाई सूचना प्रणाली सम्वन्धी तालिम सुरु
- 9 महिना, 17 दिन अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा महिला सहकारी संस्थाका प्रवन्धकहरुलाई सहकारी तथा गरिबी सम्वन्धी (सूचना प्रणाली) COPOMIS सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका महिला सहकारीका प्रवन्धक र लेखापालहरुका लागि दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा गाउँपालिकाभित्र रहेका नौ वटा महिला सहकारीबाट प्रतिनिधिहरुले सहभागीता जनाएको रघुगंगा... पुरा पढ्नुहोस
प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए
- 9 महिना, 17 दिन अगाडि
- २४ माघ २०८०, बुधबार
पोखरा, २३ माघ । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । नियमावलीका केही नियम खारेज गर्नुपर्ने... पुरा पढ्नुहोस
मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)
- 9 महिना, 18 दिन अगाडि
- २३ माघ २०८०, मंगलवार
बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले... पुरा पढ्नुहोस