विशेष

ग्रामिण क्षेत्रमा उपस्थिति बढाउन प्रहरीलाई सुझाव

बेनी ५ साउन । म्याग्दीका सरोकारवालाहरुले ग्रामिण क्षेत्रमा उपस्थिति र पहुँच बढाउन प्रहरीलाई सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रियामा सहभागि जनप्रतिनिधि, ब्यवसायी र अगुवाहरुले नयाँ संरचना अनुसार दुर्गम र विकट क्षेत्रमा पनि प्रहरीको उपस्थिति आवश्यक रहेको बताएका थिए । म्याग्दीमा प्रहरी चौकी थप... पुरा पढ्नुहोस

अनेरास्ववीयुद्धारा राहुवडामा वृक्षारोपण (फोटो फिचर)

बेनी ५ साउन । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–६ राहुवडामा वृक्षारोपण गरिएको छ । एक स्थानीय तह, एक वन निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार राहुवडाको सार्वजनिक खाली पाखोमा ३०५ वटा काठ र घाँस प्रजातिका बिरुवा रोपिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सुरुवात... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको इञ्चार्जमा थापा चयन

बेनी ५ साउन । नेपाल कम्युनिष्ट पार्टीले म्याग्दी जिल्ला इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापालाई दिएको छ । काठमाडौमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको इञ्चार्जको टुङ्गो लगाएको हो । यसअघि म्याग्दी जिल्लाको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठलाई चयन गरिएको थियो । म्याग्दीका... पुरा पढ्नुहोस

करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता

बेनी ४ साउन । आन्तरिक राजस्व कार्यालय बागलुङमा करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता भएको छ । कार्यालय, म्याग्दी, पर्वत र बागलुङ उद्योग वाणिज्य संघबीच करदातालाई आम्दानी विवरण भर्न, प्राबिधिक सहयोग र परामर्श सेवाका लागि कक्ष स्थापना गर्ने सम्झौतामा शनिबार हस्ताक्षर भएको हो । प्रमुख कर अधिकृत हेमराज सुवेदी, म्याग्दी... पुरा पढ्नुहोस

गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक शनिबार बिहानै देखि अवरुद्ध बनेको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा ठप्प भएको हो । पहिरो खसेपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट... पुरा पढ्नुहोस

बेनीमा कार्यालय खोलेर कृषकको लाखौ ठगेर फरार

सन्तोष गौतम बेनी ३ साउन । विउ र बिरुवा वितरण गर्ने बाहनामा एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका कर्मचारीले म्याग्दीका कृषकहरुलाई लाखौ रुपैयाँ ठगेर फरार भएका छ् । सित्तैमा विउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालन गर्नेलाई र्निब्याजी अनुदान दिने आश्वासन दिएर समूह बनाई सदस्यहरुबाट लाखौ उठाएपछि कर्मचारीहरु कार्यालय... पुरा पढ्नुहोस

गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)

कमल खत्री बेनी २ साउन ।   मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु... पुरा पढ्नुहोस

कालीपुलको सडकमा गरालो हालेर अवरोध

बेनी १ साउन । बेनी नगरपालिका–८ कालीपुलको सडकमा स्थानीयले गरालो हालेर अवरोध गरेका छन् । कालीपुलको पुरानो बजार देखि पर्वत बेनी जोड्ने पक्कि पुल जाने बैकल्पिक सडक अन्तरगत झोलुङ्गे पुल क्षेत्रमा बाँसको गरालो हालेर सवारी आवत जावतमा अवरोध गरेका हुन् । कालिपुल देखि पर्वत बेनी जाने बैकल्पिक सडकमा गरालो हालेर... पुरा पढ्नुहोस

ताकमकोत पुग्ने पदमार्ग निर्माण

बेनी १ साउन । धवलागिरी गाउँपालिका–७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको हो । ताकम घनाबस्ती विकास... पुरा पढ्नुहोस

पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान

बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका... पुरा पढ्नुहोस