विशेष

बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !

सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस

दृष्टिविहिन स्रोत कक्षालाई युकेमा रहेका राखुबासीबाट १ लाख ५४ हजार बढी सहयोग (तस्बिर र भिडियो सहित)

म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई साढे १ लाख बढी सहयोग जुटेको छ । युकेमा बसोबास गर्ने राुख पिप्ले र भगवतीका बासिन्दाहरुबाट दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको सहज बसोबास र व्यवस्थापनको लागि रु १ लाख ५४ हजार २४३ सहयोग गरेको हो... पुरा पढ्नुहोस

कोरला नाका : ‘चिनियाँ धमाधम पूर्वाधार बनाउँदै, नेपालतर्फ सुरक्षा बन्दोबस्तको तयारी’ (फाेटाे फिचर)

कमल खत्री बेनी ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आँशिक रुपमा हिमालले घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चिनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो । पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार... पुरा पढ्नुहोस

राखु समाज बेल्जियमद्धारा क्यासरपिडित मल्ललाई रु १ लाख ५ हजार सहयोग

म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी स्तन क्यान्सरपिडित कृष्ण मल्ललाई राखु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । बेलायतमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज बेल्जियमले मल्लको उपचारार्थ रु १ लाख ५ हजार १६५ आर्थिक सहयोग गरेको हो । सो सहयोग रकम समाजका... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त

  म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो । जापानमा रहेका  एघार... पुरा पढ्नुहोस

नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई १३ हजार सहयोग संकलन

म्याग्दी, ३० असोज । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको छ । रघुगंगा गाउँपालिका– २ वडा कार्यालयद्धारा आयोजित बडा दशै मेलामा सो रकम संकलन भएको हो । आर्थिक अभावले उपचारमा बञ्चित भएका परिवारलाई... पुरा पढ्नुहोस

राखु भगवतीमा आयोजित बडा दशैँ मेला सम्पन्न : भलिबलको उपाधी भगवतीलाई

धिरन खत्री/म्याग्दी, ३० असोज । बडा दशैँको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै सर्वाधिक राशि भएको पुरुष भलिबलमा भगवतीले घतानलाई दुइका विरुद्ध तिन सेटले पराजित गर्दै उपाधी जितेका हो । भगवती युवा क्लव र   काउँले गाैडा युवा क्लव घतान विचको भलिबल... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिद्वारा मोनाका नव निर्वाचित कार्य समितिलाई सम्मान

तिलु शर्मा पौडेल काठमाण्डाै २८ असाेज ।  नेपाली काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिले म्याग्दी प्रवासी नेपाली संघ(मोना)का नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । काठमान्डौको राज घरानामा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष चित्र बहादुर केसि को सभापतित्व तथा नेपालि काङ्ग्रेस म्याग्दिका सभापति खमबिर गर्वुजाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको... पुरा पढ्नुहोस

बरंजा आर्भाङमा नब निर्मित बहुउद्देश्यीय खेल मैदानको उद्घाटन (फोटो फिचर)

अमित विश्वकर्मा म्याग्दी, २३ असाेज ।  म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा आर्भाङमा रहेको गतिशील युवा क्लबको नब निर्मित बहुउद्देश्यीय खेल मैदानको बिहिबार उद्घाटन गरिएको छ । क्लब द्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बिजयादशमी मेलाको अबसरमा सो मैदानको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मंगला... पुरा पढ्नुहोस