विशेष
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल चयन
- 4 बर्ष, 5 महिना अगाडि
- २० आश्विन २०७८, बुधबार
म्याग्दी, २० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् । असोज ९ गते भएको गण्डकी प्रदेशको सम्मेलनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा... पुरा पढ्नुहोस
तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सेवाग्राही समस्यामा
- 4 बर्ष, 5 महिना अगाडि
- २० आश्विन २०७८, बुधबार
म्याग्दी २० असोज । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । अस्पताल व्यवस्थापन समितिलाई दुई दिन अघि ४८ घण्ट अल्टिमेटम सहित... पुरा पढ्नुहोस
विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग
- 4 बर्ष, 5 महिना अगाडि
- २० आश्विन २०७८, बुधबार
म्याग्दी, २० असोज । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक... पुरा पढ्नुहोस
मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य बढ्यो (फोटोफिचर )
- 4 बर्ष, 5 महिना अगाडि
- १९ आश्विन २०७८, मंगलवार
म्याग्दी, १९ असोज । दशैँलाई लक्षित गरि बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमाल पारिको जिल्ला मुस्ताङबाट ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेपछि सर्वसाधारणको लागि दशैँ खर्चिलो बन्ने भएको छ । गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको... पुरा पढ्नुहोस
विद्यालयलाई प्रविधिमैत्री बनाउन जलजला गाउँपालिकाद्वारा ल्यापटप र प्रिन्टर वितरण
- 4 बर्ष, 5 महिना अगाडि
- १९ आश्विन २०७८, मंगलवार
जलजला, १९ असोज । पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयहरूलाई ल्यापटप, फोटोकपी, प्रिन्टर लगायतका सामग्रीहरू वितरण गरेको हो । आधारभूत विद्यालयदेखि माविसम्मको विद्यालयहरूको लागि आई.सी.टी उपकरणहरू सहयोग गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।... पुरा पढ्नुहोस
सहमती कार्यान्वयनको लागि दबाब दिन नेकपाद्धारा प्रशासन कार्यालयमा धर्ना
- 4 बर्ष, 5 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज । नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग भएको तीन बुँदे सहमती यथाशीघ्र कार्यान्वयनको माग गर्दै दबाबमुलक आन्दोलन सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार नेकपा म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम म्याग्दी इन्चार्ज ध्रुव घिमिरेको नेतृत्वमा पार्टीका नेता... पुरा पढ्नुहोस
च्याङ्ग्रा लिन मुस्ताङ गएका व्यापारी भन्छन्ः जोमसोममै च्याङग्राको मूल्य दश हजारसम्म बढेको छ
- 4 बर्ष, 5 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज। दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला... पुरा पढ्नुहोस
सिमको फाँटमा धानखेती (फोटो फिचर)
- 4 बर्ष, 5 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
बेनी, १८ असोज । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा गरिएको धानखेतिको फाँट । यहाँको फाँटमा धान खेती हुँदै आएको छ । समथर फाँटको धान खेतीले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
सडकका ठेकेदारले अवैध रूपमा मासे दुरबिनडाँडाको पहाड (भिडियो र तस्विर सहित)
- 4 बर्ष, 5 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको दुरबिन डाँडाको पहाडलाई सडक निर्माण गर्ने निर्माण कम्पनीले ध्वस्त बनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत कालोपत्रे सहित सडक स्तरोन्नती गर्न पोखरेबगर, घार, शिख चित्रे सडकमा परिचालित निर्माण कम्पनी मोतिदान–जयमाता जेभीले कार्यक्षेत्रमा राखेको क्रसरका लागि पहाडलाई ध्वस्त बनाएका हुन् । https://www.youtube.com/watch?v=fzT-biPSqWM सडकको... पुरा पढ्नुहोस
हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान (तस्बिर)
- 4 बर्ष, 5 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
बेनी, १८ असोज । गत बैशाख२८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई बेनीमा सम्मान गरिँदै । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान... पुरा पढ्नुहोस