काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

  • ३ मंसिर २०७८, शुक्रबार
  • 663 पटक पढिएको

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियाे । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान गरिएको हो ।