विशेष

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९... पुरा पढ्नुहोस

म्याग्दीमा थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि,११० जना संक्रमित निको भए

म्याग्दी ६ जेठ।   म्याग्दीमा  विहिवार ( आज )थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) पहिचान भएकाे स्वनस्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

पोखरा ५ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला... पुरा पढ्नुहोस

गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग

म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना संक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

बेनी, ५ जेठ । म्याग्दीमा कोरोना संक्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाईटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत रहेका सुरत केसीको नेतृत्वमा ४ जना युवाहरुले स्वास्थ्य सावधानीका मापदण्ड... पुरा पढ्नुहोस

भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ५ जेठ । म्याग्दीकाे  रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र... पुरा पढ्नुहोस

रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग,अक्सिजनको व्यवस्थापनमा जाेड (तस्बिर/भिडियाे)

  https://www.youtube.com/watch?v=QTDTQ7PJp1M म्याग्दी ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस

म्याग्दीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना निको भए

म्याग्दी ४ जेठ । म्याग्दीमा मंगलवार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा मंगला गाउँपालिकाका १६ जना ( पिसिआर विधिबाट) पहिचान गरिएको हो । त्यसैगरि अन्नपूर्णमा ३ जना , बेनी नगरपालिकामा २ जना, मंगलामा १ जना, मालिकामा १ जना रघुगंगामा १ जना, धवलागिरीमा १ जना... पुरा पढ्नुहोस

लुलाङमा ‘हेल्लो जय नेपाल’ अभियानबाट स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाली काँग्रेसको गाउँपालिका कमिटिले सञ्चालन गरेको ‘हेल्लो जय नेपाल’ अभियान मार्फत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ४ सय थान मास्क, एक सेट पिपिई, ग्लोब्स, सेनिटाईटर लगायतका स्वास्थ्य सामाग्री सहित टिटामोल र डिकोल लगायतका... पुरा पढ्नुहोस

लायन्स क्लव बेनी पिस सिटीको निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा

म्याग्दी ३ जेठ । म्याग्दीमा कोरोना संक्रमतिको संख्या बढ्दै गएको र संक्रमितहरुलाई उपचारको लागि अस्पतालमा लैजान यातायातको समस्या आउन नदिन सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव बेनी पिस सिटीले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । क्लवले पहिलो चरणमा निशुल्क एम्बलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष... पुरा पढ्नुहोस