̒नमस्ते ट्रेड होटल याक जेसीज कप’ फुटबल प्रतियोगिताको उद्घाटन

  • २१ मंसिर २०७८, मंगलवार
  • 885 पटक पढिएको

म्याग्दी २१ मंसिर । म्याग्दी जेसीज द्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता जेसीजको सभाहलमा मंगलबार उद्घाटन गरिएको छ । मंसिर २५ गतेसम्म संचालन हुने अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जेसिज कप मुख्य रेफ्रीलाई फुटबल हस्तान्तर र रनिङ्ग कप सार्वजनिक गर्नुभएको हो ।

‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा सुरु हुनेछ । १९ संस्करणको जेसीजकप फुटवल प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएका छन्।


शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाट्नमा बोल्दै १९ औ संस्करणको जेसीजकप सफल रुपमा सम्पन्न गर्न आयोजनकलाई आग्रह गर्नुभयो । उहाँले जेसीज कपको निरन्तरताले फुटवल क्षेत्रमा प्रतिभावान क्षमता भएका विद्यालयस्तरका खेलाडीहरुलाई बाहिर ल्याउन मदत पु¥याएको बताउनुभयो । जेसिजले आयोजना गर्ने खेलकुद लगायतको प्रतियोगिताले राष्ट्रको लागि आवश्यक खेलाडी उत्पादन र युवाको नेतृत्व विकास सहयोग पु¥याएको भन्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले खेल अवधिभर स्वास्थ्य सम्वन्धी मापदण्ड अपनाउन आयोजक, खेलाडी, विद्यालय र दर्शकलाई आग्रह गर्नुभएको छ।


त्यस्तै म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले अनुशासनमा रहेर खेल प्रतिभा देखाउन सहभागि विद्यालयलाई आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो।  प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिनुभयो ।


उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ।उद्घाटन कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष, विभिन्न विद्यालयका खेलाडी, शिक्षक लगायतको उपस्थित रहेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रतियोगिताका संयोजक बानियाँ र संचालन महासचिव दिनेश विश्वकर्माले गरेका थिए ।