जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन

  • २४ मंसिर २०७८, शुक्रबार
  • 1069 पटक पढिएको

लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका  केसी क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर काम गर्दै आएका व्यक्ति हुन ।

उनले लामो समयसम्म समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेर पनि काम गरे । अध्यक्षमा चयन भएपछि केसीले पार्टीको नीतिगत निर्णयहरुलाई नैतिक समर्थन गर्दै समितिको संगठनात्मक संरचनालाई स्तरबृद्धि गर्ने बताए । पोर्चुगलमा संगठनप्रति सबैको आकर्षण बढाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता समेत जनाएका छन । ‘प्रवासमा रहेका अधिकांश जनसम्पर्क समितिहरु आर्थिक हिसावले निकै कमजोर छन् ।

यसको श्रीबृद्धि र आर्थिक अवस्था मजवुत बनाउनुपर्छ । जसले गर्दा प्रवासमा मात्रै होइन् स्वदेशमा बस्ने प्रजातन्त्रप्रेमीलाई समेत फाइदा पुग्नेछ ।’ उनले भने, ‘ त्यसैले संगठनलाई आर्थिक हिसावले बलियो बनाउन पहल गर्नुका साथै प्रवासमा कांग्रेससँग आस्था राख्नेहरुलाई पनि संगठनमा गोलबद्ध गर्नेछु ।’ गैर आवासीय नेपालीको विद्यमान दोहोरो नागरिकता सम्बन्धी समस्यालाई पार्टी नेतृत्वसँग बसेर छलफल गर्ने भन्दै पोर्चुगलमा रहेका साझा समस्याहरुलाई पनि सामाजिक तवरले हल गर्नको लागि अग्रसर भएर लाग्ने उनले बताए ।

स्वच्छ र शालिन छविका उनि वैचारिक गहनता र विश्लेषणात्मक राजनैतिक क्षमता राख्ने समय र पुस्ता सुहाउँदो ‘कन्फर्टेवल लिडर’ हुन । राजनीतिको मुलप्रवाहमा राजनैतिक भन्दा गैरराजनैतिक पात्रहरु हावि भईरहेको यो वर्तमान परिवेशमा राजनीतिको मुल सफा गर्न कोहि राजनैतिक सुझबुझ भएका व्यक्तिको आगमन र स्थापना सहि समय र सहि स्थानमा भएन भने राजनीति आम कार्यकर्ता र निष्ठापूर्वक राजनैतिक अभ्यासमा विश्वास गर्ने निम्छरा वर्गको पहूँचबाट बाहिर जान्छ भन्छन उनि ।

‘वलियो र सवल रक्षात्मक चेत हुनेहरु समयमै नेतृत्वमा स्थापित नहुने हो भने राजनीति वीपीले कुनै समयमा भन्नु भएजस्तो सुकिला–मुकिलाको चंगोलमा जान्छ’ उनले भने । केसी अहिले पार्टीको १४ औं महाधिवेशनमा भाग लिन स्वदेश आएका छन । उनले पार्टीलाई सही ढंगले चलाउन हाम्रो भन्दा पनि राम्रो नेतृत्व छान्नुपर्नेमा जोड दिए । केसी पोर्चुगलमा राजनीतिसँगै व्यवसाय गर्छन ।