विशेष
जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा
- 3 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७८, शनिबार
म्याग्दी, १२ चैत । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सक्नुभएको छैन । हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका... पुरा पढ्नुहोस
माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर
- 3 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७८, शुक्रबार
म्याग्दी, ११ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर... पुरा पढ्नुहोस
पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकाले वडानम्वर ३ पिप्लेमा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला ९ल्याव० सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरिएको हो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका... पुरा पढ्नुहोस
पहिरोले पात्लेखेतमा उठीबासको त्रास
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
कमल खत्री बेनी, १० चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीय उठीबासको त्रासमा छन् । बर्षौदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई बर्षअघि देखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकाँश बस्ती पहिरोको... पुरा पढ्नुहोस
‘गण्डकी समाज सभ्य समाज’ विषयमा अभिमुखीरकण
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
म्याग्दी, १० चैत । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयकमा अभिमुखीकरण कार्यक्रम भएको छ । सामाजिक विकृति न्युनीकरण, चेतनाको विकास र मर्यादित समाजको परिकल्पनालाई सार्थक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा २५ जना सामाजिक विषयका शिक्षकहरुको सहभागिता थियो । शिक्षा तालिम केन्द्रमा भएको कार्यक्रममा जिल्ला न्यायाधिश... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका विश्वकर्मा निर्वाचित
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
म्याग्दी १० चैत । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने सहसचिब पदमा निर्वाचित हुनुभएको... पुरा पढ्नुहोस
गुराँसले ढकमक्क बन्यो स्वर्गाश्रम क्षेत्रको जंगल (फोटो फिचर)
- 3 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७८, बुधबार
म्याग्दी ९ चैत। बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम क्षेत्र यतिबेला ढकमक्क फुलेको लालिगुराँसले रङ्गीविरङ्गी बनेको छ । चैत महिनाको सुरुवातदेखि नै यहाँका जंगलमा रहेका लालिगुराँसका बोटमा फुल फुल्न सुरु भएको थियो । भकिम्लीदेखि स्वर्गाश्रम हुँदै बेलढुंगा सम्मको क्षेत्र यतिबेला आन्तरिक पर्यटकहरुको लागि आकर्षण बनेको छ । सडक... पुरा पढ्नुहोस
गुर्जामा जुवातास बन्द भएपछि महिलालाई राहत
- 3 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७८, बुधबार
म्याग्दी ९ चैत । धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् । स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउनुहुन्छ । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी... पुरा पढ्नुहोस
म्याग्दीका तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका
- 3 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७८, बुधबार
बेनी, ९ चैत । उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस
म्याग्दीमा म्यादी प्रहरीको लागि ८४७ जनाको आवेदन
- 3 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७८, मंगलवार
म्याग्दी ८ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना खुलेको म्यादी प्रहरीमा मंगलबारसम्म ८४७ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुनको लागि चैत ६ गतेदेखि खुलेको आवेदन संकलनमा तीनदिनसम्ममा सो संख्याले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले चैत... पुरा पढ्नुहोस