राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

  • २२ श्रावण २०७९, आईतवार
  • 553 पटक पढिएको

म्याग्दी २३ साउन । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार र कोषाध्यक्षमा देविना घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बसन्त बानियाँ, दिप्सन खड्का, प्रवेश पौडेल, सन्दिप खत्री, मदन श्रेष्ठ, गणेश खत्री, अशोक रिजाल, विनिता पुन, समिता पुन, र शिशिर बानियाँ रहनुभएको राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।


प्रथम जिल्ला भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले कलाकारहरु देश र समाज परिवर्तनका संवाहक भएको बताउनुभयो । उहाँले कलाकारितालाई व्यवसायिक बनाउनु समेत अनुरोध गर्नुभयो । त्यस्तै नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले नेकपा एमालेका शुभेच्छुक संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरुले गीत, संगीत, नृत्य, नाट्य, भिडियोग्राफी लगायतका माध्यमवाट निर्वाचन तथा पार्टीको विभिन्न गतिविधिहरुमा महत्पूर्ण सहयोग प्राप्त भएको बताउनुभयो । संगठन र त्यसमा आवद्ध कलाकारहरुको समस्यामा पार्टीको सधैँ सहयोग हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टी सचिव एवम् बेनी नगरपालिका मेयर सुरत केसी, नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य रवि कार्की, चलचित्रकर्मी संघका गण्डकी प्रदेश कमिटी अध्यक्ष भुपेन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । चलचित्र तथा म्युजिक भिडियोमा पर्दा अगाडि वा पर्दा पछाडि काम गर्ने कलाकारहरुलाई संगठित गर्दै प्रदेशका ११ वटै जिल्लामा समिति गठन गर्ने गरि म्याग्दी जिल्लाबाट सुरु गरिएको संघका प्रदेश अध्यक्ष बानियाँले बताउनुभयो ।

नवनिर्वाचित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका प्रदेश अध्यक्ष बानियाँले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पछि अध्यक्ष कार्कीले संघलाई बजवुत बनाउनका लागि विभिन्न रचनात्मक काम गर्ने र भिडियोग्राफीसंग सम्वन्धित कलाकारहरुलाई एकतावद्ध गर्ने र कलाकारहरुको समस्यामा हातमाले गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका अध्यक्ष अमित विश्वकर्माका अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव राजकुमार परियारको संचालनमा सम्पन्न भएको थियो ।