म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष सुवेदी जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित

  • २१ श्रावण २०७९, शनिबार
  • 551 पटक पढिएको

म्याग्दी २१ साउन । म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा सुवेदीलाई सामुदायिक क्याम्पसको गुणस्तर सुधारमा अतुलनिय योगदान गरेको भन्दै सम्मान शनिवार सम्मान गरिएको हो ।
कार्यक्रममा अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रीन्सिपल सर जोर्ज जोन, डा. एलिआमा जोन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.गेहेन्द्रेश्वर कोइरालाले संयुक्त रूपमा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पृथ्वी नारायण क्यापसका संस्थापक जोर्ज जोनको नाममा प्रतिष्ठान स्थापना भएको हो ।


म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुबेदीको कार्यकालमा म्याग्दी क्याम्पसल ेविश्वविद्यालय अनुदान आयोग, नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को मान्यता प्राप्त गरेको थियो । साविकको धौलागिरी अञ्चलमा पहिलोपटक म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक क्युएएको प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतिष्ठानले पिएन क्याम्पसमा गुणस्तरीय ब्यवस्थापनमा नेतृत्वदायी भुमिका खेलेको भन्दै म्याग्दीकै प्रा.डा. मीन पुनलाई समेत सम्मान गरेको छ । प्रा.डा पुनको सहयोग र पहलमा पश्चिम म्याग्दीमा अवस्थित मंगला शिक्षा क्याम्पस समेत क्यूएए प्राप्तीको अभियानमा अगाडी बढेको छ । सोही अवसरमा अनुसन्धानमा योगदान पुर्याएका तथ्याङ्कशास्त्री प्रा.डा. विकास केसी (पर्वत) सामुदायीक विधालयको ब्यवस्थापनमा योगदान दिने टिकाबहादुर कार्की, शैक्षिक अभियन्ता हुतराज शर्मा र कर्तब्यनिष्ठ शिक्षाकर्मी मनसुवा थापालाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तिहरुको तर्फबाट मन्तव्य राख्दै सुवेदीले म्याग्दी बहुमुखी क्याम्पसको गुणस्तर सुधारको मापन गरि प्रदान गरिएको सम्मानले क्याम्पसको समग्र टिमको हौसला थपिएको बताउनुभयो ।