दरबाङ बजार अनुगमन

  • २६ श्रावण २०७९, बिहीबार
  • 1090 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको पसलहरुको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार दरबाङ क्षेत्रमा संचालित मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलहरुको अनुगमन गरिएको हो ।


घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले बजार अनुगमनबाट म्याद सकिएका सामानहरु बिक्री र पसलहरुमा मुल्य सुची नराखिएको लगायतका कमजोरी भेटिएको जानकारी दिनुभयो । पसल संचालकहरुलाई सामाग्री खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेरेर सामानहरु खरिद तथा विक्रि वितरण गर्न सचेत गराइएको प्रमुख शर्माले बताउनुभयो । म्याद नाघिएका सामाग्रीहरुलाई प्याकेजिङ गरेर अन्यन्त्र व्यवस्थापन गरिएको छ ।

अनुगमनमा कार्यालय प्रमुख शर्मा सहित कार्यालयका अन्य दुइ जना कर्मचारी, मालिका गाउँपालिकाबाट अशोक रिजाल ,म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका अध्यक्ष लेक पुन, जिल्ला प्रशासन कार्यालयबाट गोविन्द पुन, सुरक्षाकर्मी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।