विशेष

मिडिया सोसाईटी अवार्ड खत्रीलाई, अध्यक्षमा विश्वकर्मा चयन

म्याग्दी, २० पुस । म्याग्दीका पत्रकार कमल खत्री मिडिया सोसाईटी अर्वाड २०८१ बाटसम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो । म्याग्दी मिडिया सोसाईटीको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपियाँ... पुरा पढ्नुहोस

कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई प्रदान

म्याग्दी, २० पुस । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार  म्याग्दीका पत्रकार  सन्तोष गौतमलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद रु ७ हजार सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृत गरिएको... पुरा पढ्नुहोस

खबरा गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयाे । “पहिले हप्ताको... पुरा पढ्नुहोस

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसी... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोतमा नियमित पूजा सञ्चालन गर्न अक्षयकोष स्थापना

म्याग्दी , १८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित ऐतिहासिक राखु भगवती कोत मन्दिरमा नियमित पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गरिएको छ । गत असोजमा आयोजित देवी भागवत महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको दैनिक र नियमित पूजाआजाका लागि अक्षयकोष बनाईएको हो । महायज्ञबाट संकलन भएको रु १ करोड... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी, पुस १७- मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान... पुरा पढ्नुहोस

बसाइँसराइलाई रोक्दै सुन्तला खेती

म्याग्दी । बेनी नगरपालिका-३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित

म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २६ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन २०२५ का लागि  घर्तिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट कानुनी सल्लाहकारमा सुमन बानियाँ, बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सज्जन श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा सुनिता श्रेष्ठ, डेकमाया केसी,... पुरा पढ्नुहोस

म्याग्दीका गौतमको नेतृत्वमा सौर्य गतिबिधी र वर्षाको सम्बन्धका विषयमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक

  बेनी, १४ पुष ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः... पुरा पढ्नुहोस

मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन

दरवाङ, १५ पुष । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१ /०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ । छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु. दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु.... पुरा पढ्नुहोस

To Top