राती शौचालय गएकी युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या
- ५ माघ २०८२, आईतवार
- 29 पटक पढिएको
म्याग्दी, ४ माघ ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा गएराती एक युवतिको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो ।
राती १०ः३० को समयमा शौचालय गएकी विकले गुहार मागेपछि घरभित्र रहेका परिवारका सदस्यहरुले उद्दार र प्रहरीलाई खबर गरेका थिए । राती २ः२० मा बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक तिमिल्सीनाले हत्यामा संलग्नको खोजी भैरहेको बताउनुभयो ।