विशेष
अर्जममा भाषणकला तथा उदघोषण तालिम सुरु
- 5 महिना, 11 दिन अगाडि
- ३० जेष्ठ २०८१, बुधबार
म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि भाषणकला तथा उदघोषण तालिम सुरु भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । तालिममा अर्जमका ३९ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै... पुरा पढ्नुहोस
भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तालिम सम्पन्न
- 5 महिना, 12 दिन अगाडि
- २९ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तामिल सम्पन्न भएको छ । मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा भगवतीमा रहेका तीन वटा आयआर्जन समूहका सदस्य एवम अपांगता भएका व्यक्तिहरुलाई एक सातासम्म मुडा बुन्ने तालिम दिइएको हो । २३ जनाको सहभागीता रहेको तालिममा शिब भण्डारी र... पुरा पढ्नुहोस
साम्तुङ–सोता सिचाई आयोजनाको पक्कि नहर निर्माण
- 5 महिना, 12 दिन अगाडि
- २९ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २९ जेठ ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत पछिल्लो २ आर्थिक... पुरा पढ्नुहोस
बेनी नगरपालिका–४ का विद्यालयमा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन
- 5 महिना, 13 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी, २८ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ । बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले जनचेतनामुलक नाटक तयार गरेर विद्यालयमा पदर्शन गरेको हो । सोमबार वडाभित्र रहेका धौलागिरी मावि... पुरा पढ्नुहोस
जन्मदिनमा शिक्षकद्धारा विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग
- 5 महिना, 13 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी २८ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको अर्बाङमा रहेको जनविकास आधारभूत विद्यालयका एक शिक्षकले विद्यालयलाई नगद रु ५० हजार बढी सहयोग गर्नुभएको छ । विद्यालयका शिक्षक यामकुमारी खोरजा पुनले आफ्नो ४३ औँ जन्मदिनको अवसरमा सोमबार विद्यालयलाई रु ५० हजार १०५ आर्थिक सहयोग गर्नुभएको हो । शिक्षक पुन वि.स. २०६१... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
- 5 महिना, 13 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी, जेठ २८ । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ... पुरा पढ्नुहोस
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका
- 5 महिना, 13 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
- 5 महिना, 14 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो । बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवाल,चित्र कृषि तथा पशुपंक्षी फर्म राम्चेका... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना
- 5 महिना, 14 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी , २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग... पुरा पढ्नुहोस
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित
- 5 महिना, 14 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल,... पुरा पढ्नुहोस