म्याग्दी समाचार

लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

म्याग्दी,१७ कार्तिक । लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १ का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला

म्याग्दी, १७ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको धौलागिरी गाउँपालीकामा चुनावी अभियान

बेनी १७ कात्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबारदेखि धौलागिरी गाउँपालीकामा संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । मंगला र मालीका गाउँपालीकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा... पुरा पढ्नुहोस

देउसीभैलोको आम्दानी उपचारका लागि सहयोग

म्याग्दी, १७ कात्तिक । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बिरामीको उपचारका लागि सहयोग गरेको छ ।ब्रेनट्युमर रोगबाट थलीएको रघुगंगा गाउँपालीका ४ दग्नामकी करुणा गर्बुजाको उपचारका लागि शुक्रबार संघले पाँच हजार ५५५ रुपैया सहयोग गरेको हो । संघका अध्यक्ष श्याम थापा, पदाधीकारी... पुरा पढ्नुहोस

“बेनी अस्पतालको सेवामा सुधार र गुणस्तरमा सुधार”

बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।... पुरा पढ्नुहोस

निर्वाचनलाई सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण

म्याग्दी,१७ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त रुपमा सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण हुने जनाएका छन् । निर्वाचनलाई केन्द्रविन्दूमा राखेर जनतामाझ मुलको पानी जस्तै सहि सूचना प्रवाह गर्न प्रशिक्षण कार्यक्रममा बोल्ने बतmाहरुले संचारकर्मीलाई आग्रह गरेको हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीद्धारा जिल्लाका... पुरा पढ्नुहोस

तातोपानीमा भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा

  म्याग्दी, १७ कात्तिक । बेनी नगरपालीका ४ तातोपानीमा बिहीबार भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तातोपानी स्थित सरस्वती माविमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा अख्तियारका क्षेत्रीय प्रमुख यदुप्रसाद अधिकारीले नागरीक सचेत र जागरुक भएमा भ्रष्ट्राचार... पुरा पढ्नुहोस

ताकममा युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन

म्याग्दी, १६ कात्तिक । धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ ।युवा संघका नेता दलमान पुनको अध्यक्षता र माओवादी केन्द्रका नेता देवबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको भेलाले ३२ सदस्यीय संयुक्त युवा परिचालन समिति गठन भएको हो । भेलामा वाईसीएलका गाउँपालीका ईञ्चार्ज... पुरा पढ्नुहोस

दोहोरो जिम्मेवारी पुरा गर्दै आमा ! (फोटो कथा)

म्याग्दी, १६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम ठाडखानीमा जंगलबाट दाउराको भारी माथि बच्चा बोकेर घरतर्फ फर्कदै गरेकी महिला (आमा)। ग्रामिण भेगमा आमाहरुले यसरी नै आफ्नो दैनिकी संगै बालबच्चा हुर्काउने गर्छन् । सृष्टिकर्ताको रुपमा चिनिने आमाले कसरी छोराछोरीलाई हुर्काउछन ? तस्बिर आफै बोल्छ । भनिन्छ साहुको रिन नतिरे... पुरा पढ्नुहोस

म्याग्दीमा लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुँदै

म्याग्दी, १६ कात्तिक । म्याग्दीमा लोक सेवामा पहुँच अभिबृद्धिको लागि लोक सेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुने भएको छ । म्याग्दीका दुई युवाले करियर डेभलपमेण्ट सेन्टर (सिडिसी) म्याग्दी सञ्चालन गरि लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्न लागेका हुन् । सरकारी सेवामा रहेका कृष्ण प्रसाद सुवेदी र सामाजिक क्षेत्रमा सक्रिय दिपक पौडेलले बेनी... पुरा पढ्नुहोस