म्याग्दी समाचार

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)

https://www.youtube.com/watch?v=uSu3rebsHy8&feature=youtu.be म्याग्दी, २१ माघ ।  बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको... पुरा पढ्नुहोस

मंगलामा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

सिजन रोका बाबियाचौर २१ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद... पुरा पढ्नुहोस

साइड दिनेबारे सवारी चालकहरुलाई यसरी दिईयो तालिम (फाेटाे कथा)

बेनी २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने... पुरा पढ्नुहोस

लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

बेनी २१ माघ । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत... पुरा पढ्नुहोस

पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन

सन्तोष गौतम बेनी २१ माघ । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि,... पुरा पढ्नुहोस

निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा

सन्ताेष गाैतम बेनी २० माघ । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि आइतबार बिहान संघकै सभाहलमा निर्वाचन प्रक्रिया मार्फत... पुरा पढ्नुहोस

धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

सन्तोष गौतम बेनी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै... पुरा पढ्नुहोस

देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता लगायतका सेवा प्रवाह गरिएको... पुरा पढ्नुहोस

लेकफाँटमा स्वास्थ्य शिविर

सन्तोष गौतम बेनी २० माघ । जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा उपलब्ध गराइएको थियो । १९०... पुरा पढ्नुहोस

महिन्द्रा फ्रि सर्भिस क्याम्प सुरु

बेनी २० माघ । पर्वत बेनीको मोटरेबल पुल नजिकै रहेको हरि अटो पाटर््समा महिन्द्रा कम्पनीका सवारी साधनहरुको फ्रि सर्भीस क्याम्प सञ्चालन भएको छ । माघ २० देखि २३ सम्म सञ्चालन हुने क्याम्पका क्रममा महिन्द्रा कम्पनीका अनुभवी, दक्ष मिस्त्रीहरुद्धारा निशूल्क रुपमा सवारी साधनहरुको मर्मत गर्ने हरि अटो पाट्र्सका सञ्चालक हरि भण्डारीले... पुरा पढ्नुहोस